ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्रमाणपत्रले घटाउला त मातृ मृत्युदर ?

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

नवलपरासी, ६ असार  जिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवति प्रमाणपत्र (प्रेगनेन्सि सर्टिफिटेक) सहित सम्मान गरेको छ । पहिलो पटक गर्भ परिक्षण गर्न आउने गर्भवति महिलालाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
गर्भ परिक्षण गराएर गर्भवती भएको हजार दिनसम्म जिवनको विशेष दिन,विशेष ढंगले विताउनका लागि सन्देश सहितको सो गर्भवति प्रमाणपत्र जारी असल नागरिक बनाउन असल शिशुको जन्म दिइने आमा बन्न प्रोत्साहित गर्दै सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्वास्थ्य सन्तति जन्माउने मात्र नभई एक स्वस्थ्य नागरिक बनाउने उदेश्यले सो योजना गर्भावस्था देखी नै तयारीमा जुट्नका लागि यस्तो योजना स्वास्थ्य शाखाले बनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराए । सुनौलो हजार दिनका सबै भौतिक स्वास्ँथ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य शाखाले तयारी गरेको थियो ,उनले भने, सोही अनुसार प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको हो ।
मानसिक र संंस्कारित शिशुको जन्मका लागि पनि गाउपालिकाले अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम पनि लागु गर्ने सोच बनाएको छ । त्यसका लागि गाउपालिकाले बजेट विनियोजन गरि अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ सँस्कार समेत सिकाउने गरि तालिम प्रदान गर्नेछ । सुनौलो हजार दिन कार्यक्रममा गर्भवतिको स्वास्थ्यसँगै गर्भको शिशुको भौतिक विकासका लागि काम गर्नेछ,उनले थपे,गर्भ सँस्कार शिक्षाले मानसिक,सम्बेदशिलतासँगै गर्भमै संस्कार सिकाई हुन्छ । सुनौलो हजार दिनका कार्यक्रम बैज्ञानिक हुन्छ,भने गर्भ संस्कार शिक्षा कार्यक्रमले अध्यात्मिकतालाई वृद्धि गर्नेछ । गर्र्भबाटै शिशुलाई संस्कारित बनाउन सकिन्छ भन्ने पुर्विय दर्शनमा रहेको छ । पुर्विय दर्शन अनुसार नै गर्भ शिक्षाको रुपमा पहिला मानिसको शोणष सस्कार मध्ये पुन्सवन संस्कार पनि गराउने प्रचलन पहिला थियो । केही बर्ष पछि सो संस्कार विुलप्त हुने अवस्थामा रहेको छ । त्यसैको परिस्कृत रुपमा आधारित र विभिन्न बैज्ञानिक खोजले पत्ता लगाए अनुसार गर्भ भित्र नै शिशुको न्युरोन बन्ने प्रकृया ८० प्रतिसत सम्पन्न भई सक्छ,सोही न्युरोन बन्ने प्रकृयामा संस्कार विकास हुदै गएको हुन्छ ।
जसरी खाली खेत हुदा जुन सुकै प्रकारका विँउ खेतमा उम्रिने गरेको हुन्छ,सोही दृष्टान्त अनुसार नै यदि गर्भावस्था पनि खाली खेत जस्तै शिशुको मस्तिष्क विकास हुदा खाली हुन्छ,सो बेला जे जस्तो आमा,घरपरिवारले ब्यवहार देखाउछन्,गर्छन,छरछिमेकमा जे जस्तो अवस्था हुन्छ,ति कुरा शिशुले गर्भभित्रै बाट सिकिरहेको हुन्छ,भन्ने कुरा गर्भवति महिला र घरपरिवारलाई जानकारी हुदैन् । गर्भमा सिकेको सस्कारकै आधारमा उसको स्वभाव बन्दै गएको हुन्छ,जुन हामी जन्मे पछि परिवर्तन गर्न खोज्छौ,त्यो सम्भव हुदैन् । यो वैज्ञानिक रुपमै प्रमाणित भई सकेको छ । त्यही भएर अहिले गर्भवति महिला प्रति स्वास्थ्य शाखा गम्भिर भएर काम गर्दैछ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,२० बर्ष पछि कस्तो नागरिक बनाउने देशले सोच्नु पर्छ,कस्तो परिवार बनाउने परिवारले पनि सोच्नु पर्छ,त्यसै गरि कस्तो सन्तान जन्माउने ति कुरा दम्पतिले सोच्नु पर्छ । सोही अनुसारको आहार विहारमा ध्यान दिनु पर्छ ।
आहार सन्तुलित र स्वस्थ्यकर हुनु पर्छ भन्ने कुरा सुनौलौ हजार दिनको अभियानले समेटेको छ । विहार आर्थत आचरणका लागि संंस्कार र सोच्ने कार्य पनि सोही अनुकुल बनाउनु पर्ने उनका ेभनाई थियो । गर्भवतिलाई यि कुराबारे जारी गर्ने गर्भप्रमाणपत्रमा उल्लेखित गरिएको हुन्छ । गर्भ प्रमाणपत्रले गर्भ जाँचलाई पनि नियमित गराउने छ । शिशु जन्मनु पुर्व नै एक प्रकारको प्रमाण प्राप्त भएको पछि अनुभुति गर्नेछ । अहिले गर्भवति महिलालाई गर्भावस्था भित्र ८ पटक जाँच गराउनु पर्छ,उनले भने,त्यसमा पनि सो प्रमाणपत्र उपयोगी सिद्ध हुनेछ ।
सरकारबाट पाउने सेवा सुविधाका लागि पनि र पछि जन्मदर्ताका लागि पनि एउटा आधार बन्ने छ । गर्भ प्रमाणपत्र पश्चात शिशुको जन्म हुन्छ, जन्म प्रमाणपत्र बर्थिगँ सेन्टरबाट प्राप्त गर्छ,सोही अनुसार जन्मदर्ता पनि गराउछ । छोरी जन्मेमा गाउपालिकाले चलाउदै आएको छोरी बचाऔ,छोरी पढाऔ अभियान अन्तरगत गाउपालिकाबाट प्राप्त हुने २५ हजार रुपिया पनि सहर्जै प्राप्त गर्नलाई पनि आधार बन्नेछ ।
प्रमाणपत्रमा जस्मा गर्भ रहेको थाहा पाए पछि टिटि खोप लगाई ३ महिनासम्म दैनिक १ चक्की फोलिक एसिड खानुहोला,गर्भमा रहेको ३ महिनामा १ चक्की जुकाको औषधी र सुत्केरी अवस्थासम्म दैनिक १ चक्की आईरन खानुहोला,गर्भवस्थामा ८ र सुत्केरी अवस्थामा ४ पटक प्रोटोकल अनुसार गर्भ सुत्केरी नवशिशु जाँच गराउनु होला,र्बिर्थगँसेन्टर तथा अस्पतालमा मात्र प्रसुति सेवा लिनु होला, र ६ महिनासम्म पुर्ण स्तनपान गराउनु होला,६महिना पुगिसके पछि २ बर्षसम्म स्तनपानको साथमा थप पोषिलो आहार उमेर अनुसार मिलाएर खुवाउनु होला,बच्चा जन्मेको २ बर्षसम्म पोषण स्थिती लेखाजोखा गर्न मासिक तौल अनुगमन गराउनु होला र १५ महिना भित्र बच्चालाई सबै खोपहरु नियमानुसार लगाउदै सरसफाई प्रवद्र्धनमा ख्याल पुर्याउनु होला भन्ने कुरा सन्देश लेखिएको प्रमाणपत्र दिने कार्य सुस्ता गाउपालिकाले शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?