ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सडक दुर्घटनले लिन्छ सयौंको ज्यान

सरकारको ट्रमा सेवा कहिले ?
६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

प्रदेश सरकारले सासद उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपनि छानबिन तथा अध्ययन टोली गठन गरेको थियो । अध्ययन टोलीले ट्रमा सेन्टरको आवश्यकता बारे प्रतिवेदनमा उल्लेख गरेको थियो । तर दाङ र बुटवलमा आश्वासन दिएर बजेट र कार्यक्रम नल्याएर प्रदेश सरकारले ट्मा सेन्टरको तमासा देखाइरहेको छ ।

बुटवल, ६ असार तिलोत्तमा नगरपालिका –२ का राजेश श्रेष्ठ साथीहरुसंग वैशाख दोस्रो हप्ता ढोरपाटन घुम्न गएका थिए । आफनै फार्मेसी संचालन गर्ने उनी वैशाखको छुट्टि मनाउन ४ जना साथी मिलेर दुई वटा बाईकमा वैशाख २० गते घर छाडे । उनिहरु सहजै ढोरपाटन पुगे । ठाउठाउमा खाजाखाना र रमाईलोको कारण यात्रा निक्कै यादगार बन्दै थियो । बैशाख २३ गते फर्कने गरि उनिहरु शुक्रबार घुम्दै थिए । बाईकमा सवार श्रेष्ठ ढोरपाटन घुम्दै गर्दा एक्कासी लडे । साथीहरु आत्तिए । होस गुमेका साथीको उपचारका लागि नजिकको स्वस्थ्य चौकीमा लगे । प्राथमिक उपचारको क्रममा स्वस्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल छिटो लग्न आग्रह गरे ।

साथीहरुले उनलाई लिएर बुटवल चौराहा अस्पताल ल्याईपुर्याए । टाउकोको चोटका कारण होस गुमाएका उनको हालत बिस्तारै जटिल बन्दै थियो । ४० वर्षिय श्रेष्ठको टाउकोमा आन्तरिक रक्तश्राप भएर रगत जमेको थियो । अस्पतालको आकस्मिक कक्षमा जाच शुरु भयो । सामान्य ब्यक्तिको गलास्गो कमा स्केल (जिसिएस) १५ बाई १५ हुन्छ तर उनको जिसिएस ४ बाई १५ रहेको थियो । यसैगरि आखाको नानी फुलेको अवस्थामा रहेको थियो । प्राथमिक जाचसंगै शल्यक्रियाको तत्काल तयारी थालियो । शनिबार बिहान साढे ९ बजे ल्याइएका उनको आधा घण्टामा शल्यक्रिया शुरु गरियो ।

उनको उपचारमा संलग्न वरिष्ठ न्युरोसर्जन डा केआई सिह केसी निक्कै जटिल अवस्थामा बिरामीलाई अस्पताल ल्याईएको बताउछन । टाउकोको चोट भएको बिरामीको कम्तीमा ६ घण्टाभित्र उपचार गर्न सके रिकभरी राम्रो हुने उनको दाबी छ । श्रेष्ठको भने सडक दुर्घटनाको १२ घण्टाको सेरोफेरोमा अस्पताल ल्याइएको उनले दाबी गरे । ‘हामीले तत्काल शल्यक्रिया गरौ ।’–उनले भने । शल्यक्रियापछि ४ दिन भेन्टिलेटरमा राखिएको उनको चमत्कारीक रुपमा निको भएको उनले बताए । थप आईसियुमा १२ दिनसहित करिब ४ हप्ता अस्पतालको बसाईपछि उनी घर फर्किए । जेठ १२ गते डिष्ट्रचार्ज भयो । उपचार पछि फिजियोथेरापी गराईरहेका छन । शुभ फार्मा डिष्ट्रिब्युटर संचालन गर्दै आएका थिए ।

लुम्बिनीमा यस्तो छ, सडक दुर्घटनाको अवस्था

लुम्बिनी प्रदेशका १२ जिल्लाको दुर्घटना र मृत्युको दरलाई केलाउदा निक्कै डरलाग्दो अवस्था देखिन्छ । यहा प्रत्येक वर्ष एक हजार दुर्घटना र ४ सय बढीले ज्यान गुमाएको तथ्याकले देखाउछ । भौतिक पुर्वाधारको विकाससंगै यहा सडक चाक्लो भएको छ तर यहा बनेका नया सडक लेनको प्रयोगबारे आम नागरिकमा राम्रो चेतनास्तर नभएको पाउछौ । चालकको लापरवाही दुर्घटनाको सबैभन्दा पहिलो कारण देखिन्छ । आब २०७७/२०७८ मा १ हजार ६४ सवारी दुर्घटनामा ४ सय ६१ जनाको मृत्यु भएको छ । जसमा सक्त घाईते ९ सय ५३ जना, सामान्य घाईते ६ सय ५९ जना भएका छन । यसमा जिल्लागत हेर्दा यो वर्ष सबैभन्दा धेरै रुपन्देहीमा २ सय ३७ सवारी दुर्घटना भएका छन । जसमा १ सय १८ जनाले ज्यान गुमाएका छन । दुर्घटनाको दरका हिसाबमा दाङ जिल्ला दोस्रो रहेको छ । दाङमा १ सय ९५ सवारी दुर्घटनामा ७० जनाको ज्यान गुमाएका छन ।
आब २०७८/२०७९ मा कुल ९ सय ८९ सडक दुर्घटनामा ४ सय ६४ जनाले ज्यान गुमाएका छन । यो वर्ष पनि रुपन्देही दुर्घटनामा अगाडी छ । रुपन्देहीमा भएका १ सय ९३ सवारी दुर्घटनामा ९८ जनाले ज्यान गुमाएका छन । यसैगरि दाङमा १ सय ८१ सवारी दुर्घटनामा ७८ जनाले ज्यान गुमाएका छन । अघिल्लो वर्षको तुलनामा रुपन्देहीमा दुर्घटनाको दर र मृत्यु कम घटेको देखिन्छ । दाङमा भने दुर्घटना कम हुदाहुदै मृत्यु हुने बढेको छ ।
आब २०७९/२०८० को बैशाखसम्मको तथ्याक हेर्दा दुर्घटनाको दरका हिसाबमा रुपन्देही जिल्ला पहिलो छ । यो अवधिमा १ सय ७९ सवारी दुर्घटनामा ८८ जनाले ज्यान गुमाएका छन । दाङमा १ सय २२ सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका छन ।
सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डे चालकको लापरवाहीपुर्ण ब्यवहार दुर्घटनाको मुख्य कारण भएको दाबी गर्छन । नेपालको भौगोलिक बनोट रहेको तराई र पहाडी भेगमा हुने दुर्घटनामा क्षतिको दर फरक फरक हुने भन्दै उनले तराईमा दुर्घटना बढी भएपनि मानविय क्षति कम र पहाडमा एउटै दुर्घटनामा धेरै मानविय क्षति हुने गरेको बताए । नया सडक पुर्वाधार निमार्णसंगै लेन प्रयोग र सुरक्षाबारे अनविज्ञ हुदा पनि दुर्घटना बढेको देखिन्छ । प्रभावकारी सचेतना कार्यक्रमललाई जोड दिनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

सरकारको ट्रमा सेवा कहिले ?
दुर्घंटनाको दरलाई हेर्दा लुम्बिनी प्रदेशको रुपन्देही र दाङ सबैभन्दा धेरै दुर्घटना हुने जिल्ला हो । यहा मानव क्षति पनि धेरै हुन्छ । दुर्घटना पछि प्राथमिक उपचार महत्वपूर्ण मानिन्छ । घाईते बिरामीले प्राथमिक उपचारसंगै राम्रो विशेषज्ञ चिकित्सकबाट सेवा पाउन सके मृत्युको दर घटाउन सकिने सम्भावना छ । प्रदेश सरकारले सासद उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपनि छानबिन तथा अध्ययन टोली गठन गरेको थियो । अध्ययन टोलीले ट्रमा सेन्टरको आवश्यकता बारे प्रतिवेदनमा उल्लेख गरेको थियो । सरकारले सोही वर्ष दाङमा ट्रमा सेन्टर बनाउने घोषणा गरेपनि बजेट बिनियोजना गरेन । केवल घोषणामा सिमित रहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ट्रमा विभाग खडा गरेर शुरु भएको छ । नीतिगत र जनशक्ति अभावमा यो सेवा प्रभावकारी हुन सकेको छैन । नीजि क्षेत्रबाट बुटवलमा चौराहा हस्पिटल प्रालि, तिनाउ हस्पिटल प्रालि, क्रिमशन अस्पतालले ट्रमा सेवा दिईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?