ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

शिक्षक महासंघ रोल्पाको अध्यक्षमा सुवेदी

५ असार २०८०, मंगलवार
५ असार २०८०, मंगलवार

रोल्पा, ५ असार

नेपाल शिक्षक महासंघ रोल्पाको अध्यक्षमा युवराज सुवेदी निर्वाचित भएका छन । महासंघको आईतवार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । २२ सदस्यीय कार्यसमितिको सह अध्यक्षमा बेगमवहादुर कँवर, महिला उपाध्यक्षमा जमानथरी रोकामगर, उपाध्यक्षमा सूर्यप्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन । कार्यसमितिको सचिव नरवहादुर सेन, सहसचिव बामदेव अधिकारी, महिला सहसचिव शोभा खड्का र अर्थ सहसचिवमा कुलवहादुर वली निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।
कार्यसमितिको सदस्यहरुमा चक्रवहादुर वुढामगर, प्रेमप्रकाश घर्तीमगर, निमवहादुर घर्तीमगर, सुनिता थापा र झक्कुप्रसाद केसी निर्वाचित भएका छन । कार्यसमितिको अन्य सदस्यहरुमा शर्मिला आचार्य, रेशमवहादुर वुढाथोकी, डम्मवरवहादुर पुन, सुरेन्द्रप्रसाद न्यौपाने, विष्णुवहादुर वली,शिववहादुर घर्तीमगर, निराजन पौडेल, दुर्गाप्रसाद रोका र यशोदा विष्ट रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
जिल्लामा घटक संगठनको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ तथा विद्यालय कर्मचारी परिषद कृयाशील रहेका छन ।
जिल्ला अधिवेशनका उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले शिक्षक महासंघले जिल्लाको शैक्षिक मुद्धा समाधानमा अगुवाई गर्नु पर्ने धारणा राखेका थिए । अधिकारको मात्रै सौदावाजी गर्ने नभई कर्तव्य समेत पुरा गर्नु पर्ने उनीहरुको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेशका सह अध्यक्ष छविलाल पाण्डेले महासंघ शिक्षाकर्मीहरुको साझा संगठन भएको वताउदै महासंघ अधिकारका साथै कर्तव्य निर्वाह गर्ने संस्था भएको वताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले शैक्षिक सुधारमा समेत नेपाल शिक्षक महासंघमा आवद्ध व्यक्तिहरुका विद्यालय नमूना वन्नु पर्ने वताए । जिम्मेवारीवाट पन्छिने शिक्षकले विद्यालय सुधार गर्न नसक्ने सह अध्यक्ष पाण्डेले वताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका उप प्रमुख कर्मलाल परियारले जिल्लाको शैक्षिक विकासमा सवै स्थानीय तहले विशेष योजना ल्याउनु पर्ने वताए । जिल्लाको शिक्षा विकासमा एक पटक सवैले वल गरौ उपप्रमुख परियारले भने । कार्यक्रमका अर्का विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाका प्रमुख दुर्गावहादुर खड्काले जिल्लाको शैक्षिक अवस्थाको फेहरिस्ता प्रस्तुत गरेका थिए । जिल्लाको शैक्षिक क्षेत्रको समन्वय गर्ने कार्यालय शिक्षा विकास तथा समन्वय ईकाइ २ जना कर्मचारीको भरमा चलेको वताए । कार्यक्रमका नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्षहरु काशीराम डाँगी, खेम वुढा र महेश न्यौपानेले समेत शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?