Butwal Today

अमेरिकाविरुद्ध नेपाल पहिले फिल्डिङमा

५ असार २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।जिम्बाब्वेको ताकशिंगा स्पोर्ट्स क्लबमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङको निम्तो पाएको हो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललित राजवंशीले खेल्ने भएका छन्।

जिम्बाबेसँगको खेलमा तीव्र गतिका बलर सोमपाल कामीले चोट बोकेपछि उनको स्थानमा ललितलाई ल्याइएको हो।

पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ।

यता अमेरिका पनि पहिलो खेलमो वेष्ट इण्डिजसँग ३९ रनले पराजित भएको थियो।

शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्न नेपाल र अमेरिका दुवै टोलीलाई जितको आवश्यकता छ।

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह ‘ए’ मा छ।

समूह ‘बी’ मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुलसन झा, दिपेन्द्रसिंह ऐरि, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।