ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

अभिमुखीकरणमार्फत तालिम लिएर स्वरोजगार बन्दै महिलाहरु

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

बुटवल, ४ असार ।

बुटवल उपमहानगरपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेपछि महिलाहरु स्वरोजगार बन्न थालेका छन् । महिलालाई आत्मनिर्भर बनाउन उपमहानगरले महिला अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महिलाहरुका लागि जुत्ता बनाउने तालिम, विद्यार्थीलाई सहकारी तालिम, फाइबर झोला बनाउने तालिम, सिकाइ कटाइ तालिम, टपरी बनाउने तालिम, छाकलको सामग्रीहरू बनाउने तालिम, आलु चिप्स बनाउने तालिम, हलुका सवारी चालक, अटोमेकानिक्स तालिम सञ्चालन गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गरिएको हो ।

स्वरोजगार तालिम लिएकी बुटवल–८ सुख्खानगरकी हरिकला थापाले आफूले पाँच दिन आलु चिप्स बनाउने तालिम लिएको बताउँदै यसबाट आफूलाई आत्मनिर्भर बन्न सहयोग मिलेको बताइन् । “स्वरोजगारमूलक तालिममार्फत सीप सिक्न पाउँदा खुसी लागेको छ, अव व्यावसायिक रुपमा अगाडि बढाउने सोंच बनाएकी छु”–उनले भनिन् ।

बुटवल उपमहानगरपालिकाले अहिलेसम्म ८१ जनालाई आवश्यक सिलाइ मेसिन, आरन, अन्य उपकरण हरु उपलब्ध गराएको छ । सीपमूलक तालिम लिएकी बुटवल–१२ की मिश्रा थापाले तालिमबाट आफूले नयाँ अनुभव हासिल गरेको बताइन् । उनले छाकलको सामग्रीहरु बनाउने तालिम लिएकी थिइन् । १५ दिनको यो तालिममा ३४ जनाको सहभागिता रहेको थियो । “तालिममार्फत सिकेको यो सिपले धेरै आत्मबल बढेको छ, छाकलबाट व्याग, टोपी, फुलदानी, टोकरी, डटपेन स्ट्यान्ड आदि चिजहरू बनाइएको छ । यी सामग्रीहरू हालसम्म उपहारको रुपमा दिइएको छ । अब बिस्तारै बजारमा ल्याउने हो”–उनले भनिन् । उनले आफूले उत्पादन गरेका यी सामग्रीले बजार पाउने आशा लागेको बताइन् । “जंगलबाट छाकलका पातहरू ल्याएका छौं डोरीहरु बाँधिएको छ, टोकरीको भने हलको फिनिसिङ हुन बाँकी छ”– उनले भनिन् ।

त्यस्तै बुटवल उपमहानगरले सञ्चालन गरेको आलु चिप्स बनाउने तालिममा सहभागी शोभा बस्यालले तालिमबाट आत्मनिर्भर बन्नसहयोग पुगेको बताइन् । सिकेको सीपलाई ब्यावसायिक रुपमा अगाडि बढाउन बुटवल उपमहानगरपालिकाबाट कटिङ मेसिन, कढाइ, झाँझर, बांटा, त्रिपाल आदि सामानहरु सहयोग पाइएको भन्दै उनले खुसी व्यक्त गरिन्

उपप्रमुख महिला विकास कार्यक्रम अन्तर्गत वडा नं. १४ मा ३ महिने सिलाई कटाई कार्यक्रम भइरहेको छ । जसमा २० जनाको सहभागिता रहेको छ । त्यस्तै ३ महिने बुकी तालिम चौराहामा जारी रहेको छ । जहाँ १ वडा देखि १९ वडा सम्मका महिला सहभागी छन् । त्यस्तै १५ दिनको ड्राइभिङ पुनर्ताजगी लाइसेन्स, ब्राइडल मेकअप १५ दिनको १ देखि १० नं. वडाका बासिन्दालाई, सिल्पकला तालिम वडा नं. ४ र ६ मा सञ्चालन गैरहेको छ । बुटवल उपमहानगरपालिकाकी उप मेयर सावित्रा अर्यालले उपमहानगरले महिलाहरुलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिमको व्यवस्थापन गर्दै आएको बताइन् ।

“महिलाहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउनु हाम्रो लक्ष्य हो, यसतर्फ केन्द्रित भएर तालिमहरु सञ्चालन गरिरहेका छौं”–उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?