Butwal Today

मङ्कीपक्स रोगको रोकथाम र नियन्त्रणका उपायहरु

३ असार २०८०, आइतबार
अ+
अ-

मङ्कीपक्स रोग भाईरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । यो रोग संक्रमित ब्यक्ति वा पशुसंग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, र्याल, घाउ खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दुषित भुंई सतह र सामग्रीहरुको संसर्गबाट सर्दछ ।

निम्न अंगबाट भाईरस व्यक्तिको शरीरमा प्रवेश गर्न सक्दछ ।

  •  श्वास नली
  •  मुख, नाक, आँखा
  •  शरीरमा काटिएको, टोकिएको वा फुटेको छाला बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाईरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाईरस फैलिन सक्दछ ।

मङ्कीपक्स रोगका लक्षणहरु

  •  ज्वरो आउनु
  •  सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छालामा दाग देखिनु
  • अनुहार, हत्केला र पैतलामा डाबर देखापर्नु
  •  डाबर परिवर्तन भई फोका हुँदैं पाप्रा लागेर उप्किनु
  •  टाउको ढाड र मांसपेशी दुख्नु
  •  शरीरका ग्रन्थीहरु बढ्नु
  •  लक्षण १४ देखि २८ दिन सम्म रहन सक्दछन् र सामान्यतया आफै हराउँछन् ।

मङ्कीपक्स रोगका सम्भावित जटिलताहरु 
बालबालिका र प्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरुलाई निम्न जटिलता देखिन सक्छन् ।

  •  आँखामा सङ्क्रमण र दृष्टी गुम्नु ।
  •  अन्य जिवाणुको सङ्क्रमण ।
  •  न्युमोनिया ।
  •  मस्तिष्क ज्वरो ।
  •  गर्भ खेर जानु र अन्त्यमा मृत्यु समेत हुन सक्दछ ।

मङ्कीपक्स रोगको रोकथामका उपायहरु ः

  •  मङ्कीपक्सको शङ्का लागेका वा पुष्टि भएको ब्यक्तिसंग असुरक्षीत सम्पर्कमा नजाने ।
  •  सङ्क्रमित ब्यक्तिलाई घरमा वा अस्पतालमा आईसोलेसनमा राख्ने ।
  •  सङ्क्रमित ब्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
  •  नियमित रुपमा साबुन पानीले मिचिमिचि हात धुने ।
  •  घाउसंग प्रत्यक्ष सम्पर्कमा रहिन्छ भने हातमा पन्जा लगाउने ।
  •  मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
  •  सङ्क्रमित ब्यक्तिका लुगा, तौलिया, ओछ्रयान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने गर्नुपर्दछ
  •  सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने ।
  •  मासु तथा पशुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्दछ ।
  •  फोहोरको उचित तरिकाले ब्यवस्थापन गर्नुपर्दछ ।

ज्वरो आएको १ देखि ३ दिन भित्रमा अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिएमा पैसा नलाग्ने हटलाईन नं. १११५ मा फोन गरेर जानकारी लिनुहोस र सुरक्षित रहनुहोस ।

स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी