ट्रेंडिंग:

>> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ? 

बाढीले ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्यो, दुई जिल्लामा ५० करोडको क्षति

३ असार २०८०, आइतबार
३ असार २०८०, आइतबार

काठमाडौँ ।

शनिबार रातिको बाढीपहिरोका कारण ताप्लेजुङ र पाँचथरमा मात्रै ५० करोडभन्दा बढीको क्षति भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वका विषयमा बोल्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यसबारे जानकारी दिएका हुन्।

‘ताप्लेजुङ र पाँचथरमा बाढीले ठूलो क्षति भएको छ। कतिपय पुल र बेलिब्रिज क्षति भएका छन्, बगेका छन्। मेची राजमार्ग र तमोर करिडोर पनि रोकिएको छ’, उनले भने, ‘गएराति भीषण बर्षाका कारण ठूलो बाढी पहिरो आएर राहत र सहयोगका लागि तीव्र रुपमा काम भएको छ। खोज उद्धार र राहतका काममा टोली लागिरहनु भएको छ।’

मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोला पुल पनि भत्किएको उनलले बताए।

‘तमोर करिडोरको बेलिब्रिज पनि बगाएपछि ताप्लेजुङ पूरै यातायातबाट सम्पर्कविहीन भएको छ। विद्युत् लाइन पनि त्यहाँ टुटेको छ। हेवा खोलाको ५६ मिटर लामो पुल बगाउँदा यातायात रोकिएको छ’, उनले भने, ‘तमोरस्थित हेवा खोलाको ४५ मिटर लामो बेलिब्रिज भत्किएको छ। मेची राजमार्गको फाल्गुन्द गाउँपालिकाको पांग्रेभीरमा सडक अवरुद्ध भएको छ। फालेलु ३ मत्सेबुङको मोटरेबल पुल बगेको छ।’

उनले पाँचथरको फिदिम र याम्फुदिन जोड्ने पुल पनि बगाएको  बताए। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै क्षति करिब ५० करोड छ। हेवा खोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको छ’, उनले भने, ‘१० दिनभित्रमा उक्त पुल बनाउने कुरा भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?