ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिता : अभिषेक र अभिलाषा च्याम्पियन

३ असार २०८०, आइतबार
३ असार २०८०, आइतबार

बुटवल, ३ असार ।

काठमाण्डौमा सम्पन्न प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगितामा सिगलतर्फको स्पर्धामा अभिषेक बाँस्तोला र अभिलाषा विष्ट विजेता भएका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा शनिबार संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१ र ७–६ को सेटमा पराजित गरे ।

प्रणव खनाल र आर्यन गिरी तेश्रो भए । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३ र ६–२ को सोझो सेटमा हराइन् । प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो बने । पुरुष÷महिला सिंगल्सका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रोले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए । उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई ७–५, ६–४ सोझो सेटमा पाखा लगाए । सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार नगद पुरस्कार पाए । तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०–१० हजार नगद पुरस्कार हात पारे ।

एक कार्यक्रमका बिच प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पूर्व उपप्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङले पुरस्कृत गरे । नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ रहेको थियो । असार २७ गतेदेखि सुरु प्रतियोगितामा २ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

बुटवलका निश्चललाई स्वर्ण

प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले यु—१० उमेर समुहमा विजेता बन्दै स्वर्ण पदक जितेका छन । उनले फाईनलमा पोखराका आरएस पौडेललाई ६—३, ६—४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण चुमे । यसैगरि यु—९ उमेर समुहमा संघर्ष फौज्दार तृतिय भए । यु—१२ उमेर समुहमा सनवाज हुसैन तृतिय, यु—१४ उमेर समुहमा वृजेश अर्याल दोस्रो, मेन्स डबल्समा आशिष गुरुङ र राफा विष्णु तेस्रो भए । काठमाण्डौ बाहिर पोखरा र बुटवलमा लनटेनिस खेल बिकास भैरहेको रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नियमित अभ्यास गराईदै आएको उनले बताए । ‘पछिल्लो ३ महिनादेखी पोखराबाट प्रशिक्षक भित्राउदा खेलाडीहरुमा खेल सीप वृद्धि भयो ।’— उनले भने । प्रतियोगितमा बुटवलबाट जुनियर र सिनियर गरि १५ जना खेलाडीहरुले विभिन्न समुहमा भाग लिएका थिए । देविनगरस्थित लन टेनिस कोर्टलाई स्तरवृद्धिको पहल भैरहेको भन्दै उनले थप २ वटा कोर्ट बिस्तार गरि अन्तराष्ट्रियस्तरको मापदण्डको बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?