Butwal Today

जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

३ असार २०८०, आइतबार
अ+
अ-

काठमाडौं । नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए ।

एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।