Butwal Today

विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

३ असार २०८०, आइतबार
अ+
अ-

काठमाडौं ।

विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।

हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १८ ओभरको खेल सकिँदा बिना क्षति ७६ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ४७ र आसिफ शेख २५ रनमा खेलिरहेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।