Butwal Today

बिनाविकेट नेपालले कटायो सय रन, कुशल र आशिफको साझेदारी जम्दै

३ असार २०८०, आइतबार
अ+
अ-

 काठमाडौँ । 

आइसीसी विश्वकप छनोटअन्तर्गत टेष्ट राष्ट्र जिम्बाबेविरुद्ध नेपालका १ सय रन पूरा गरेको छ। जिम्बाबेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २७ ओभरमा बिनाविकेटको क्षति १३४ रन बनाएर खेलिरहेको छ।

ओपनर कुशल भुर्तेल ८४ र आशिफ शेख ४३ रनमा नटआउट छन्।

ओपनर कुशलले ८० बलमा १२ चौका र २ छक्का मद्दतमा ८४ रन बनाएर खेलिरहेका छन्। आशिफ शेखले ८० बलमा ३ चौका हान्दै ४३ रन बनाएर क्रिजमा छन्।