Butwal Today

बुटवलबाट सम्पर्कविहिन भएका गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान ५ दिनपछि भेटिए

१ असार २०८०, शुक्रबार
अ+
अ-

बुटवल ।

गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेन्द्र बिहिबार भैरहवा आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् ।

ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्येममा समाचार तथा प्रकाशित भएको थियो ।

सोही समाचारलाई आधारमा भैरहवामा रहेको रण अम्बिका आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए ।

उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।