Butwal Today

नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

३१ जेष्ठ २०८०, बुधबार
अ+
अ-

काठमाडौं, ३१  जेठ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीले पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको जानकारी दिए।

यसैगरी, बुधबार मधेश प्रदेशको पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिम तराईको भने केही दिन तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?