ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

दीक्षान्त समारोहको तयारी पूरा, प्रधानमन्त्रीसहित स्वदेशी र विदेशी पाहुना दाङ आउँदै

३० जेष्ठ २०८०, मंगलवार
३० जेष्ठ २०८०, मंगलवार

दाङ, ३० जेठ ।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको तयारी पूरा भएको छ । दाङको बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा जेठ ३१ गते बुधबार हुने दीक्षान्त समारोहको तयारी पूरा भएको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए ।

शैक्षिक सत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधी, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५ सय ७५ जना दीक्षार्थी दीक्षित हुने परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार बिहान साढे ११ वजेदेखि सुरु हुने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

समारोहमा विश्वविद्यालयका सहकुलपति नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, नेपाल संस्कृत विश्वविद्यालयका सभासदहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, जिल्लाबाट निर्वाचित संघ र प्रदेश सभाका सदस्यहरुको उपस्थिति रहने उपकुलपति प्राडा लामिछानेले जानकारी दिए । दीक्षान्त समारोहलाई भव्य एवं सभ्य बनाउन सम्पूर्ण जिल्लाबासीमा विश्वविद्यालयले अपिल गरेको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने समारोहमा ५ सय ७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको उपकुलपति प्राडा लामिछानेले जानकारी दिए । ‘विविध कारणले १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह सञ्चालन गर्दैछौं । जेठ ३१ गते हुने समारोह विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा हुँदैछ ।

यसैबीच समारोहका पाहुनाहरु मंगलबार साँझसम्म दाङ आइपुगेको उपकुलपति कार्यालय प्रमुख उपप्रशासक विनय पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरबाट बुधबार बिहान साढे ९ वजे आइपुग्नेछन् भने विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, नेपाल संस्कृत विश्वविद्यालयका सभासद, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन पनि मंगलबार साँझ दाङ आइपुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?