Butwal Today

स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु

२९ जेष्ठ २०८०, सोमबार
अ+
अ-

बुटवल।

प्युठानको स्वर्गद्वारीमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट गाडी खसेको हो।

लु १ च ६३४५ नम्बरको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।