ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

बिजौरी बजार प्रवद्र्धनका लागि एकीकृत जग्गा विकास कार्यक्रम कार्यान्वयन

२८ जेष्ठ २०८०, आइतबार
२८ जेष्ठ २०८०, आइतबार

दाङ, २८ जेठ ।

बिजौरी क्षेत्रको बजार प्रवद्र्धनका लागि यस क्षेत्रमा एकीकृत जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ । बिजौरी क्षेत्रको बजार व्यवस्थापन र व्यावसायिक प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिकाले जग्गा एकीकृत विकास कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यस क्षेत्रको बजार प्रवद्र्धनका लागि बिजौरीको वडा नम्बर १८ र १९ एकीकृत जग्गा विकासक्रम कार्यान्वयनका लागि विस्तृत विवरण प्रतिवेदन (डिपिआर) को काम अघि बढाइएको बताए । बिजौरी उद्योग वाणिज्य संघको दशौ साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खड्काले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउनका लागि यातायात कार्यालयलाई दीगोरुपमा व्यवस्थापनका लागि पालिकाकै समन्वयमा आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरिएको बताए । उनले यातायात कार्यालय व्यवस्थापन हुन नसक्दा सेवाग्राही र सडकसमेत अस्तव्यस्त बन्दै गएकाले तत्कालै सबैको सहयोगबाट यातायात व्यवस्था कार्यालय व्यवस्थापनमा जुट्नुपर्ने बताए ।

खड्काले यस क्षेत्रको समग्र विकासका लागि साल्ट ट्रेडिङ कार्यालय, नेपाल आयल निगमको डिपो कार्यालयको लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन पालिकाको तर्फबाट भइसकेको बताए । उनले ऐतिहासिक बिजौरी बजार र तुलसीपुरकै आर्थिक गतिविधि बढाउनका लागि बिजौरी बाँसगढी श्रीचौर होलेरी सडकखण्ड निर्माणमा विशेष ध्यान दिइएको बताए । उनले त्यस सडक खण्डमा पर्ने खोलाहरुमा पालिकाकै बजेटबाट वर्षायाममा यातायात सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको बताए । खड्काले नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा र बिजौरी उद्योग वाणिज्य संघले संयुक्तरुपमा निर्माण गरेको सभाहलको समेत उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष कृष्ण बस्नेत, जनता विद्यापीठका पूर्व प्राचार्य ईश्वर पोख्रेल, नेपाल रेडक्रस सोसाइटी दाङ शाखा सभापति मदनकुमार शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, जनता विद्यापीठका लेखाप्रमुख नवीनकुमार पोख्रेल, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य शेरबहादुर खड्का, बिजौरी उद्योग वाणिज्य संघका पूर्व सल्लाहकार विष्णु चौधरी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका संस्थापक पदाधिकारी, सल्लाहकारहरुलाई सम्मान गरिएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकृष्ण रेग्मी, महासचिव विदुर गौतमलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?