Butwal Today

सहमतिमै लेनदेनको कारोबार भएको भन्दै समाचारको भ्रममा नपर्न आग्रह

२७ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बुटवल, २७ जेठ ।

‘दाङमा जग्गा प्लटिङको नाममा ठगी धन्दा’ भन्ने समाचारबारे पीडित र पीडक भनिएका दुवै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । समाचारमा आएजस्तो जग्गा खरीदबिक्रीमा कुनै पनि खालको ठगी नभएको र आपसी सहमतिमा लेनदेनको कारोबार भएको उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमा दुवै पक्षबीच पीडित नभई आफूहरुको लेनदेनको कारोबार भएकाले उक्त भ्रममा समाचार सम्प्रेषण नगर्न अनुरोध गरिएको छ ।

पीडित भनिएका र पीडक भनिएका दुवै पक्ष बसेर दुवै पक्षको मञ्जुरीमा खरिद बिक्री गरिएको जग्गालाई कसैले बेइज्जत गर्ने नियतले दिएको सूचनाप्रति दुवै पक्षले खेदसमेत व्यक्त गरेका छन् । पीडक भनिएका खेमराज शर्मा, हरि चौधरी र दामोदर घिमिरे तथा पीडित भनिएका धना घिमिरे र गिरिराज घिमिरेले संयुक्त विज्ञप्तीमार्फत समाचारको खण्डन गरेका हुन् ।