Butwal Today

बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो १० खर्ब ५ अर्ब

२६ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

विदेशबाट आउने रेमिट्यान्समा वृद्धि भएको छ। चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको हो। १० महिना अवधीमा १० खर्ब ०५ अर्ब १८ करोड भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि बडेको छ। १० महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।