Butwal Today

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

२६ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज पनि  बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजे बस्ने बैठकमा  बजेटमाथिको छलफल जारी रहने भएको छ ।

गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।

विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् । यद्यपि नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन् ।