ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८०

ग्रिन प्लान्ट र स्टार विजयी

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार

बुटवल, २६ जेठ।

जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बुटवलमा जारी यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० मा ग्रिन प्लान्ट ईङलिस बोर्डिङ स्कुल र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग तथा बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको पहिलो खेलमा ग्रिन प्लान्ट ईङलिस बोर्डिङ स्कुलले एमएसएमटी क्रिकेट एकेडेमीलाई ५९ रन तथा स्टार क्रिकेट एकेडेमीले एभरेष्ट इङलिस बोर्डिङ स्कुललाई १ सय ६६ रनले पराजित गरेको हो ।

देविनगरस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ग्रिन प्लान्टले निर्धारित २५ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि अनिस भुषालले ३० बलमा ४१ तथा आयुष पाण्डेले २९ बलमा २७ रन बनाए ।

एमएसएमटी क्रिकेटका सुरजले ३ तथा सत्यनले २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको एमएसएमटीका ब्याट्सम्यानहरुले १४ ओभरमा ९१ रनमा समेटियो । उसका लागि गौरवले १९ बलमा ३१ तथा इमरानले २४ बलमा १८ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन बनाउन सकेनन् । कम स्कोरमा रोक्न ग्रिन प्लान्टका माधवले ३, रजन र रोहित कुवरले समान २–२ बिकेट लिएका थिए । ग्रिन प्लान्टका माधव बन्जाडे म्यान अफ दी म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा स्टार क्रिकेट एकेडेमीले टस जितेर २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाए । स्टारका सफल भट्टराईले ४७ बलमा ७३ रन बनाए । यसैगरी आदित्य भट्टराईले १९ बलमा २० तथा समिर ठकुरीले १० बलमा २५ रनको नटआउट पारी खेले । खेलमा एभरेष्टका सिद्धार्थ चौधरी र रुथेम सुवेदीले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको एभरेष्टका ५.४ ओभरमा १६ रनमा समेटियो । एभरेष्टका सुशान्त गौतमले ७ बलमा १० बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रनको योगदान दिन सकेनन् । कम स्कोरमा रोक्न स्टारका आदित्य भट्टराईले ३ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ५, रोहित क्षेत्रीले २ ओभरमा १ मेडलसहित २ रन खर्चेर ३ तथा कृष्ण पन्थीले २ विकेट लिए ।

प्रतियोगितामा आयोजक वेस्टर्न क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, एभरेस्ट ईङलिस बोर्डिङ स्कुल, ग्रीन प्लान्ट ईङलिस बोर्डिङ स्कुल, एमएसएमटी क्रिकेट एकेडेमी गरी रुपन्देहीका ६ वटा एकेडेमी र विद्यालयका टिमबिच प्रतिस्पर्धा भैरहेको एकेडेमीका अध्यक्ष भुवन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?