ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

दाङका स्थानीय पालिका बजेट बनाउन ब्यस्त

२५ जेष्ठ २०८०, बिहीबार
२५ जेष्ठ २०८०, बिहीबार

दाङ, २५ जेठ ।

आगामी असार १० गते भित्रमा नीति तथा कार्यक्रमसँगै बजेट ल्याई सक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेट बनाउन व्यस्त भएका छन् । स्थानीय तहहरु यतिबेला वडा भेला, विषयगत समितिको बैठक, राजस्व परामर्श, सरोकारवालाहरुबीच राय सुझावदेखि बजेटको प्राथमिकता निर्धारण जुटेका छन् ।

यो पटक संघ सरकारले पनि बजेटको आकार घटाएको हुँदा प्रदेश सरकारले ल्याउने बजेटको आकार पनि स्वाभाविक रुपमा घट्ने भएको छ । यसको अन्तिम असर स्थानीय तहसम्म आईपुग्ने भएकाले तोकिएको सिलिङका आधारमा बजेट तय हुने भएको छ ।

दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा ‘उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र पेस गर्नुपर्नेछ, भनिएको छ । जसका आधारमा स्थानीय तह यतिबेला नीति तथा कार्यक्रम र बजेटको आकार दिन निकै व्यस्त भएका छन् ।

दफा ७१ को उपदफा ९२० मा ‘उपदफा १ बमोजिम वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण चालु वर्षको अन्त्यसम्म हुने आम्दानी र खर्चको संशोधन अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय–व्ययको अनुमानित विवरण खुलाउनुपर्ने’ भनिएको छ । जसका आधारमा आफुहरु बजेटको आकार दिन लागि परेको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए ।

गत वर्ष घोराही उपमहानगरपालिकाले बजेटको आकार सबैभन्दा धेरै प्रस्तुत गरेको थियो । जिल्लाका १० वटै तहले बजेट बनाउने, विषयगत समितिमा छलफल गर्ने, गाउँसभामा बजेट पेस गर्नलाई तयारी गरेकाले आउने बजेटले पालिकाबासीको माग र आवश्यकतालाई सम्बोधन गर्नेमा नागरिकले अपेक्षा गरेका छन् । तर, यो पटक विगत वर्षमा भन्दा बजेटको सिमितता रहेकाले आवश्यकताका आधारमा बजेटले प्राथमिकता पाउने अवस्था रहेको उनले बताए ।

अब आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ल्याउन लागिएको बजेट गत वर्ष ल्याएको भन्दा घटेर आउने भएको छ । ‘हामी वडा र नगरपालिकाले गर्ने कामको बजेट बनाउन व्यस्त छौं,’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने, ‘विभिन्न शीर्षक र योजनाअनुसार बजेट बाँडफाँड गर्दै अघि बढेका छौं बजेटको आकार केही अवश्य घटेर आउने छ, त्यसमा पनि मागमा भन्दा आवश्यकतामा आधारित हुनेछ ।’

जिल्लाका सबैजसो स्थानीय तहले असार पहिलो सातासम्ममा नगरसभा, गाउँसभा गरेर बजेट सार्वजनिक गर्ने गरी तयारीमा जुटेको बताएका छन्  । कर्मचारी अभाव, योजनाअनुगमन र फस्र्छैटले गर्दा समस्या भएपनि निर्धारित समयमा काम सक्ने गरी आन्तरिक तयारी तीव्र पारिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताइन् । ‘अहिले हामी द्रुत गतिमा बजेट बनाउने तयारीमा छौं ’ उनले भनिन् ‘केन्द्र सरकारबाट अनुदान घटेर आएको छ ।’

दाङका १० वटै स्थानीय तहमा आर्थिक वर्ष २०७९–०८० मा करिब साढे ९ अर्ब बराबरको बजेट सार्वजनिक भएको थियो । दाङका सबै स्थानीय तहमा ९ अर्ब ४९ करोड ५३ लाख २१ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित आय व्यय सार्वजनिक भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?