ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन

२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

चन्द्रौटा(कपिलवस्तु), २४ जेठ ।

सरस्वती आधारभूत विद्यालय शिवपुरमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विद्यालयमा मंगलबार सम्पन्न बृहत् अभिभावक भेलाबाट जगत बहादुर जि.सी. अध्यक्ष रहेको ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

अभिभावक भेलाबाट सर्बसम्मत चुनिएका दलित सदस्य बीना टोमाटा, महिला सदस्य आशा थारू तथा खुल्ला सदस्य किरण के.सी. र शोभा रिमाल, वडा प्रतिनिधि गंगा घर्ती मगर, शिक्षक प्रतिनिधि शान्ति कुमारी के.सी. र सदस्य सचिव सीताराम चौधरीसहितको ७ सदस्यीय पहिलो बैठकबाट कृष्णकला भारती र जगत बहादुर जि.सी. मनोनित भएका थिए ।

मनोनित सदस्यसहितको ९ सदस्यीय समितिको दोस्रो बैठकबाट जि.सी. सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शिवराज नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष जि.सी.ले विद्यालयको अग्रगामी विकासका लागि आफू र नव निर्वाचित समितिले अहम भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रमको उदघाटन सत्रमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारूले आफूले ४ वर्षसम्म अध्यापन गरेको विद्यालयको चौतर्फी विकासमा धेरै परिवर्तन आएको औंल्याउँदै आगामी दिनमा समेत विद्यालय्को मुहार फेर्नमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा शिवराज १ का वडाध्यक्ष खिमविक्रम के.सी.ले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि वडाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी भेलामा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन्द बहादुर सिंह जि.सी., समाजसेवी बुद्धिजिवी बाबुराम खनाल, बुधराम थारू, शिवप्रसाद थारू, ऋषिराम खनाल लगायतले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमका बीच नगर शिक्षा शाखा प्रमुख दिनेश कुमार चौधरीले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाबारे जानकारी गराएका थिए ।

यसैबीच अभिभावक भेलाले निशान पुनको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मत चयन गरेको छ । भेलाले विद्यालय सेवा क्षेत्रका हरेक टोललाई समेट्ने गरी ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ गठन गरेको हो । जसको सदस्यहरूमा कल्पना पुरी, बम बहादुर के.सी., पुष्पा थारू, सन्जु थारू, शान्ति पुन, केशब सुनार, कल्पना थारू, राजकुमारी थारू तथा शिक्षक प्रतिनिधिमा शारदा जि.सी. र सदस्य सचिवमा शान्ति कुमारी के.सी. चयन भएका हुन् ।

यस्तै बाल शिक्षा मावि शिवराज–२, जन आदर्श आधारभूत शिवराज–१०, बाल ज्योति मावि शिवराज–८ चुनावी प्रक्रियामा रहेको लगायतको अधिकांश विद्यालयमा धमाधम व्यवस्थापन समिति गर्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?