ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन

२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

सल्यान, २४ जेठ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको सल्यानको त्रिवेणी गाउँपालिकाले ऐतीहाँसिक महत्व बोकेका स्थलको संरक्षणमा चासो देखाएको छ । धार्मिक र ऐतीहासिक महत्व बोकेका स्थलको संरक्षण, विकास र प्रचारप्रसारका लागि गाउँपालिकाले प्रयास थालेको हो । बुधबार त्रिवेणी ५ गैरासल्ले स्थित नर्वदेश्वर मन्दिरमा चारवटा मुर्ती निर्माण गरी अनावरण भएको छ । यस्तै सोही वडा अन्तर्गत जोगजोगिनी पर्यटकीय स्थलको समेत उदघाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले नर्वदेश्वर मन्दिरमा शिव, पार्वती, गणेश र साँढेको मुर्ती अनावरण गरेका थिए । धर्म, संस्कृती, परम्परा र इतिहाँसको संरक्षणमा जोड दिदै उनले विभिन्न हिसाबले महत्वपूर्ण मानिएका स्थलहरुको प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा तर्फको बजेट अन्तर्गत मन्दिर निर्माण संगै पर्यटकीय स्थलको संरक्षणमा आवश्यक काम गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले बताए । नर्वदेश्वर मन्दिरमा ३ लाखको लागतमा ४ वटा मुर्ती निर्माण सम्पन्न भएको वडा नम्बर ५ का वडाध्यक्ष विमल रावतले जानकारी दिए । उनका अनुसार जोगजोगिनी पर्यटकीय स्थलमा ३ लाख रुपैयाँ बजेट मध्ये १ लाख ५० हजारको लागतमा जोगि र जोगिनीको मुर्ती तथा बाँकी १ लाख ५० हजार मध्येबाट सिडी, भर्याङ र चौतारा निर्माण गरिएको हो ।

वि.सं.१९८० मा नर्वदेश्वर मन्दिर स्थापना भई पुजा अर्चना गर्न थालेपछि विभिन्न रोग र विपत्तिबाट छुटकारा पाएको स्थानीयहरुको विश्वास छ । यस्तै मन्दिरको दर्शन, अवलोकन, पुजा अर्चना गर्नाले चिताएको कुरा पुरा हुने विश्वास स्थानीयमा रहेको वडाध्यक्ष रावतले बताए । पछिल्लो समय प्रचारप्रसार संगै यसक्षेत्रमा जिल्ला भित्र र दाङ लगायतका छिमेकी जिल्लाबाट समेत मानिसहरु दर्शन, अवलोकनका लागि आउने गरेको उनले बताए ।

सो अवसरमा भजन, कृतन पनि गरिएको थियो । जनप्रतिनिधी, कर्मचारी, स्थानीयहरुले सामुहिक भजनकृतन गरेका थिए । गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, निवर्तमान गाउँपालिका उपाध्यक्ष करुणा खड्का, पत्रकार सन्तोष घर्ती लगाएत मुर्ती अनावरणमा सहभागि भएका थिए । नागरिकलाई सकारात्मक परम्परा र धर्मसंग जोड्न मन्दिरमा मुर्ती निर्माण संगै पर्यटकीय स्थलको विकासमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?