Butwal Today

लुम्बिनीका आफ्ना जनप्रतिनिधिलाई बजेट सम्बन्धी प्रशिक्षण दिंदै काँग्रेस

२२ जेष्ठ २०८०, सोमबार
अ+
अ-

लमही, २२ जेठ ।

स्थानीय तहहरुले बजेट निर्माणको तयारी गरिरहेका बेला नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन थालेको छ ।

मुलुकको आर्थिक संकट समाधानका लागि स्थानीय तहहरुले के कस्ता योजना बनाउने र बजेट बिनियोजन गर्ने भन्ने बारेमा तालिम दिन थालेको नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशभरिका जनप्रतिनिधि र पार्टीको जिल्ला नेतृत्वलाई भेला गरेर २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउन जनप्रतिनिधिहरुलाई निर्देशन गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादन गर्ने र रोजगारी सृजना गर्ने योजना पालिकाहरुले ल्याएमा पालिका र प्रदेश सरकारले साझेदारी कार्यक्रम सञ्चालन गर्ने र बजेट बिनियोजन गर्ने बताए ।

नेपाली काग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधिहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष लहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदीलगायतले दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।