ट्रेंडिंग:

>> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने

विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाज गठन

२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बुटवल, २२ जेठ ।

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबर सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको संस्थामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

गँगा पोखरेलको संयोजकत्वमा बनेको समितिले संस्थाको विधान निर्माण, संगठन विस्तार तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः वृहत भेलाको आयोजना गर्ने बताइएको छ । सदस्यहरुमा शान्ता पन्त भट्ट, मिन तिवारी, गणेश घिमिरे, गिरी श्रीस मगर, दिलिप ज्ञवाली र माधव गौतम रहेका छन् । मुख्य कार्यक्षेत्र रुपन्देहीलाई गराउने गरी गठन गरिएको संगठनले ‘से नो टु प्लाष्टिक’ भन्ने तत्कालिन मूल नाराका साथ प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सञ्चालनका लागि तयारी गर्ने भएको छ ।

वातावरण प्रदुषणमा सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको प्लाष्टिकजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाका साथै सरकारी निकाय वा तहहरुसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिइएको संयोजक पोखरेलले बताइन् ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाले जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा तोकेको थियो । पहिलो उत्सव, ‘केवल एक पृथ्वी’ नारा अन्तर्गत १९७३ मा भएको थियो। सोही अनुसार हरेक वर्ष विश्व समुदायले मनाउँदै आएको वातावरण दिवसलाई सार्थक बनाउनका लागि वर्षभरी नै अभियान सञ्चालन गर्ने उद्देश्यसाथ संस्था गठन गरिएको संयोजक पोखरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?