Butwal Today

पाल्पा दुर्घटना : तीन जनाको मृत्यु, १२ घाइते

२१ जेष्ठ २०८०, आइतबार
अ+
अ-

पाल्पा, २१ जेठ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

आइतबार साँझ रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको हो। जीप साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको स्थानीय दिलबहादुर गाहाले जानकारी दिनुभयो। मृतक दुई महिला र एक पुरुष छन्।

घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन।