ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

दाङमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

दाङ, १९ जेठ ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवा केन्द्रको आयोजना र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना– दिगो तथा सम्मानित रोजगारीका लागि सीप( दोश्रो चरणको सहयोगमा एक दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला दाङको घोराहीमा शुक्रबार आयोजना गरिएको छ । मेलको उदघाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले नेपालका युवा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि मेलाले सहयोग गर्ने बताए । उनले रोजगार दिन चाहने र रोजगारलिन चाहनेको बिचमा भेट गर्ने अबसर भएकाले यो कार्यक्रम निकै फलदायी हुने बताए । आफ्नै देशमा रोजगार गर्ने वतावरणको सृजना हुने आशा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले देशका युवा जनशक्ति अध्ययनपश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योगधन्दा खोल्नका लागि मेला फलदायी हुने बताए । दक्ष जनशक्ति पलायन हुने क्रम रोक्नका लागि बृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकताअनुसारको जनशक्ति उपलब्ध हुने बिस्वास रहेको प्रजिअ बैद्यले बताए । रोजगारीकै खोजीमा युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्ने बिस्वास लिएको उनको भनाइ छ ।

मेलामा विद्यार्थी तथा युुवाहरुलाई वृृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पु¥याउने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसायलगायत अन्य क्षेत्रका रोजगारदाताको पनि प्रतिनिधित्व हुने उनले बताए ।

रोजगार मेलामा वृत्तिविकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिम सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने कार्य्रक्रम तय भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले आफ्नो माटो र घरपरिवारसंँग बसेर काम गर्ने वातावारणको सिर्जना गर्न खोजेको बताइन् । कक्षा ११, १२ को परीक्षा सकेको विद्यार्थी बाहिर जाने सपना नदेखेर यही सीप सिकेर रोजगार गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले युवा जनशक्ति रोजगारीको लागि भौतारिनु नपर्ने र आफ्नो क्षमता र रुचि अनुसारको रोजगार मिल्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपलिकाका प्रवक्ता राममणि पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी लगायतले आफ्नो भनाई राखेका थिए । मेलामा स्थानीय स्तरमा उत्पादन भएका सामग्रीका र रोजगारदाताकागरी ४० स्टलहरु रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?