ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

दाङमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको आयोजना हुँदै

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

दाङ, १९ जेठ ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवा केन्द्रको आयोजना र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना (दिगो तथा सम्मानित रोजगारीका लागि सीप) दोश्रो चरणको सहयोगमा एक दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला दाङको घोराहीमा शुक्रबार आयोजना गरिदैछ । आज शुक्रबार हुने मेलाले विद्यार्थी तथा युुवाहरुलाई वृृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पु¥याउने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसायलगायत अन्य क्षेत्रका रोजगारदाताको पनि प्रतिनिधित्व हुने उनले बताए ।

देशका युवा जनशक्ति अध्ययनपश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योगधन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने क्रम धेरै रहेको छ । उद्योग÷व्यवसायलगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने बिश्वास रहेको नगर प्रमुख चौधरीले बताए । रोजगारीकै खोजीमा युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्ने बिस्वास लिएको उनको भनाइ छ ।

हाम्रो समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै तथा श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै युुवाहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको आयोजना गर्न लागिएको बताइएको छ ।

रोजगार मेलामा वृत्तिविकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने कार्य्रक्रम तय भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

मेला पश्चात विद्यार्थी तथा युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउनेछन् ।

बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउने र तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमूलक तालिम र अवसरको जानकारी पाउने मेला आयोजकले जनाएको छ । मेलामा करिब २५ सय जना सम्मको सहभागिता रहने अनुमान गरिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?