Butwal Today

एमालेका सातै उपाध्यक्षलाई विभाग संयोजन जिम्मा, सचिवहरु बने प्रदेश इन्चार्ज

१९ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई ३२ वटा विभाग संयोजनको जिम्मेवारी दिएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले सबै उपाध्यक्षलाई विभाग संयोजन जिम्मेवारी दिएको हो।

सचिवालय बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले यसबारेमा जानकारी दिएका हुन्।

उपमहासचिव ज्ञवालीका अनुसार योजना तथा नीति विभागमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई संयोजन जिम्मेवारी दिइएको छ।

त्यसैगरी पूर्वाधार विगभामा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा ‘बादल’, सामाजिक विकास विभाग अष्टलक्ष्मी शाक्य, मानव स्रोत विभागमा युवराज ज्ञवाली, सुशासन विभागमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेल संयोजकको जिम्मेवारी पाएका छन्।

त्यसैगरी  एमालेको सचिवालय बैठकले सबै सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको पनि ज्ञवालीले जानकारी दिए।

जसअनुसार एमालेले कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्यालले इन्चार्जको जिम्मेवारी पाएकी छन्।

एमालेले कर्णाली प्रदेशका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्जमा सचिव छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।