ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

अखाद्य वस्तु बिक्री गरेपछि खाद्य सप्लायर्सलाई कारवाही

१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार

दाङ, १८ जेठ ।

अखाद्य वस्तु बिक्री वितरण गरिरहेको भेटिएपछि दाङको घोराहीस्थित दुईवटा खाद्य सप्लायर्सलाई कारवाही गरिएको छ । गत सोमबार जिल्ला अनुगमन समितिले घोराही १४ स्थित प्रज्ञा सप्लायर्स र गर्ज सप्लायर्बाट बदमासी भएको ठहर गर्दै कारवाही गरेको छ । अनुगमनका क्रममा बिक्रीमा राखेको चामलको बोरा नयाँ भएपनि भित्र म्याद नाघेको र सडेको चामल भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले घोराहीमा थोक बिक्रेताको बदमासी फेला पारेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित प्रज्ञा सप्लायर्सको अनुगमनका क्रममा म्याद नाघेको चामल बोराबाट निकालेर नयाँ बोरामा राख्दै प्याकिङ गर्दै गरेको फेला परेको थियो । बोरामा कम्पनीको नाम, लेबलिङ, उत्पादन मिति, उपभोग्य मिति यकिन नगरेरै म्याद नाघेका र सडेका चामल नयाँ बोरामा खन्याउँदै सिलाउँदै गर्दै बेच्दै गरेको खुलेपछि जिल्ला अनुगमन समितिले बुधबार कारवाही गरेको छ ।

उक्त सप्लायर्सको गोदाम भरी लेबल नगरिएका चामलका बोरा, म्याद नाघेका चामल, दाल, चिनीलगायतका गुणस्तरहीन खाद्य सामग्री फेला परेको अनुगमन संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।

सप्लायर्सका सञ्चालक पोषण कुमार गुप्ताले घुन र धुलो सफा गरेर नयाँ बोरामा प्याकिङ गरिरहेको बताए पनि गोदाममा घुन लागेका र बिग्रेका चामल बालुवा चालेझै चालेर सफा गरेपछि बोरामा प्याकिङ गरिरहेको अवस्थामा संयुक्त अनुगमन टोलीले फेला पारेको थियो ।

घरमै रहेको पसल र गोदाममा म्याद नाघेका चामलका बोरा खोली नयाँ बोरामा पुनः प्याकिङ गर्न लागेको फेला परेको मुचुल्का बनाएर अनुगमन टोलीले सोमबार गोदाम सिल गरेको थियो । मुचुल्कामा गोदाममा रहेको चामल, सिमीको दाल, मसुरोको दाल, लेबल नभएको चनाको बोरा, बोरामै डल्लो परेको चिनी फेला परेको थियो । साथै गोदाममा सरसफाइ नभएको, दुर्गन्धित भएको, खाद्य सामग्रीमा विषादी प्रयोग भएको समेत पाइएको बताइएपछि बुधबार संयुक्त बैठकले कारवाही गरेको उनले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पुनले प्रज्ञा सप्लायर्सलाई सरसफाइ नगरेको, ब्रान्ड अनुसार सामान नबेचेको, सडेगलेका सामान बेचेको लगायत कैफियत देखिएपछि उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार पचास हजार जरिवाना गरिएको जानकारी दिइन् । उनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै कानुन बमोजिम कारवाही गरिएको बताइन् ।

प्रशासन कार्यालयले खरिद गरिएको सामग्रीमा खरिद बिक्री बिलसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई समय दिएर फेला परे जतिका अखाद्य सामान एउटा गोदाममा राखेर सिल गरेकोमा बुधबार संचालकलाई कानुन अनुसार कारवाही गरिएको उनको भनाई छ ।

यसैगरी, खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश कुमार चौधरीले लेबल नलगाएका सामग्री बिक्री वितरण गरिनु कानुनविपरीत भएको उल्लेख गर्दैै म्याद नाघेका सामग्री रिप्याकिङ गरेर बेच्नु अपराध भएको बताए । उनका अनुसार, बुधबार खाद्य तथा गुण नियन्त्रण कार्यालयले चामल र दालको नमुना संकलन गरी परिक्षणका लागि नेपालगञ्ज लगेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलले कम्पनीबाट सामान ल्याउँदा लेबलबिनाका सामग्री खरिद गर्दा समस्या देखिने गरेको बताए । व्यवसायीले सामान खरिद गर्दा लेबल बिनाका सामान ल्याउनुहुँदैन भनेर बारम्बार भन्दै आएको बताए । म्याद नाघेका र सडेका अखाद्य सामग्री रिप्याकिङ गरी बेच्नेलाई कानुनी कारवाही गर्नुको विकल्प नरहको उनको भनाई छ । जस अनुसार, प्रज्ञा सप्लायर्स कारवाहीमा परेको बताए ।

यसैगरी, अनुगमन टोलीले घोराही १५ स्थित बालमन्दिर रोडमा गर्ज अम्बिका सप्लायर्समा अनुगमन गर्दा लेबल नभएको २५ किलोको सफल मोटा चामल ८१ बोरा, भारतीय चना लेबल नलगाएको ३० किलोको आठ बोरा, लेबल नलगाएको मसुरो दाल २५ किलोको २७ बोरा र दुई वर्ष पहिले म्याद नाघेको चामल दुई बोरा फेला पारेको थियो । दुई लाख १८ हजार सात सय बराबरको खाद्यान्न त्यहींको कोठामा राखेर जिल्ला प्रशासन कार्यालयले सिल गरेकोमा बुधबार सो सप्लायर्सका संचालकलाई ३ दिनभित्र लेबल नगरेका ८१ बोरा चामलसहित खाद्यान्न खरिद गरिएको ठाउँमा फिर्ता पठाउन भनिएको छ । जसको निस्सा पेश गर्न भनिएको छ ।

सुनिलकुमार थापा सञ्चालक रहेको उक्त पसलका म्यानेजर रोहिताश शर्माको रोहबरमा कोठा सिल गरिएको थियो । आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बिलविजक जारी नगरिएका अवैध कारोबार कानुन विपरीत रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले खाद्य सुरक्षामा सबैलाई गम्भीर बन्न अपिल गरेकी छन् । बुधबारको अनुगमनमा घोराही –१४ स्थित ऋद्धिसिद्धि ईम्पेक्समा पनि केही खाद्य बस्तु म्याद नाघेको फेला परेको थियो । जसमा छोडा नष्ट गरिएको छ भने डाबरको मह आपूर्तिकर्तालाई फिर्ता गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?