ट्रेंडिंग:

>> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद
पढ्ने रहर भए उमेरले छेक्दैन

बुढेसकालमा पूरा भो तिरमायाको पढ्ने धोको

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल, १७ जेठ ।

खाने मखलाई जुगाले छेक्दैन भने झै पढ्नको लागि पनि उमेरले रोक्दैन । नवलपरासी जिल्लाको सुनवल नगरपालिका घर भएकी ५० वर्षीय तिरमाया काफ्ले अहिले कक्षामा ४ मा अध्ययन गर्छिन् । उनी अहिले बिहान घरको काम सकेर १० बजे विद्यालय प्रवेश गर्छिन् । सानो हुँदा औपचारिक शिक्षाबाट बञ्चित भएकी काफ्लेको पढ्ने रहर जाग्यो र उनी फेरि पढ्न सुरु गरेकी छन् । ४ सन्तानकी आमा बनिसकेकी काफ्लेले बिहे नहुदैँ ३ कक्षा पढेको र १६ बर्षमै बिहे भएर पढ्न पाईएन भन्दै अहिले कक्षा ४ मा भर्ना भएको बताउँछिन् ।

उनका ४ सन्तान मध्ये २ बटा छोराहरु बैदेशिक रोजगारको लागि ( कोरिया ) मा रहेका छन् भने स्नातकोत्तर पास गरेका २ छोरीहरुको पनि बिहे भएर बच्चा जन्मिसकेका छन् । काफ्ले अहिले हजुरआमा बनिसकेकी छन् । तर पनि उनलाई ओैपचारिक शिक्षा लिनको लागि न त उमेरले नै छेक्यो न समाजले । उनी भन्छिन्–“हाम्रो गाउँ स्याङ्जामा छोराले पढ्नै पर्छ र छोरीलाई पढाउने चलन कम थियो । छोरीले घरबार वस्तुभाउ हेर्दाहेर्दै पढ्ने चाहना रहरमै सीमित रह्यो । बल्लतल्ल ३ कक्षा पढें, अक्षर चिन्ने र नाम लेख्ने सम्म मौका मिल्यो । अहिले महिला समता महिला विद्यालय भएकै कारण मेरो पढ्ने चाहना बर्षौपछि पूरा भयो । अब त पढेर धेरै जान्ने भए समाजसेवी नै बन्छु ।”

यी त एक उदाहरण पात्र मात्रै हुन् । हाम्रो समाजमा महिला भएर जन्मिएकै कारण शिक्षाबाट वञ्चित हुनु परेको छ । अब शिक्षाबाट गरिव महिला जो कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले निःशुल्क महिला विद्यालय सञ्चालनमा ल्याएको छ । औपचारिक शिक्षाबाट बञ्चित भएका महिलाहरूलाई लक्षित गर्दै लुम्बिनी समता महिला विद्यालय सञ्चालनमा ल्याएको हो । कक्षा ४ देखि कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा सञ्चालन हुन्छन् ।

‘पढ्ने रहर भएका तर विभिन्न कारणले अध्ययन गर्न नपाएका महिला दिदी बहिनीलाई विहान घरको काम सकेर दिउँसोको समयमा अध्ययन गर्नका लागि महिला विद्यालय प्रभावकारी हुने र ‘प्रविधिको जमानामा पुस्तकको ज्ञानसंगै नयाँ विषयवस्तु सिक्नका लागि पनि प्रेरित गर्ने भएको कारण विद्यालय संचालनमा ल्याईएको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउँछिन् ।

गाउँमा नै पढ्ने महिला विद्यालय संचालनमा आएपछि रहर हुँदाहँुदै पनि पढ्न नपाएका महिला हर्षित भएका छन् । विद्यालय सञ्चालनमा आएसंगै महिला भर्ना हुने क्रम जारी छ । बुढेसकालमा कसरी पढ्ने, आफुभन्दा सानाले के भन्लान् समाजले के सोच्ला भन्ने सोचले विद्यालय आउन नखोजेका महिला अहिले विस्तारै खुल्न थालेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीले बताए ।

विद्यालयमा सबै भन्दा जेष्ठ सदस्य ७६ वर्षीया शान्ति श्रेष्ठ अध्ययनका लागि भर्ना भएपछि अन्य महिलामा पनि उत्साह थपिएको छ । उक्त विद्यालयमा १ सय ८० जना महिला अध्ययनका लागि भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?