ट्रेंडिंग:

>> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ?

अधिवक्ता मार्फत वडावडामा न्यायिक संवाद

१६ जेष्ठ २०८०, मंगलवार
१६ जेष्ठ २०८०, मंगलवार

सल्यान, १६ जेठ ।

स्थानीय स्तरमै न्यायिक अधिकार पुर्याउन तथा कम झमेला, कम खर्च र कम समयमा न्याय प्रदान गर्ने भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले न्यायिक समितिको प्रभावकारिता बढाउनमा जोड दिएको छ । यसका लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा न्यायिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

न्यायमा नागरिकको पहुँच बढाउन र विभिन्न कानुनी ज्ञान प्रदान गर्नका लागि अधिवक्ता मार्फत अभिमुखीकरण तथा न्यायिक समिति, अन्य जनप्रतिनिधि र स्थानीय नागरिकका बीच वडा स्तरमा प्रत्यक्ष संवाद एवम् अन्तत्र्रिmया सम्पन्न भएको गाउँपालिकाको न्यायिक शाखामा कार्यरत दर्ता अधिकारी विजयकुमार वलीले जानकारी दिए । गत जेठ १० गतेदेखि सुरु भएको न्यायिक संवाद कार्यक्रम सातवटै वडामा सम्पन्न भएको उनले जानकारी दिए ।

विवादको सहज र सरल समाधानका लागि न्यायिक समितिको महत्व रहेको भन्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले विवादको सहज र सरल समाधान स्थानीय स्तरमै हुने बताए । न्यायिक निरुपण छिटो, छरितो, विश्वसनीय र प्रभावकारी बनाउनका लागि हाल सम्म प्राप्त अनुभव तथा सुझावका आधारमा सुधार गर्दै लैजानुपर्नेमा उनको जोड रहेको छ ।

न्यायिक संवाद कार्यक्रममा अधिवक्ता इन्द्र बहादुर भण्डारीले न्यायिक समितिको अधिकार क्षेत्र र त्यसको प्रयोग, न्याय सम्पादनमा अपनाउनुपर्ने कार्यविधिका बारेमा जानकारी गराएका थिए । यस्तै मेलमिलाप सम्बन्धी अधिकार क्षेत्र, न्यायिक समिति सम्बन्धी कानुनी व्यवस्थाको बारेमा अधिमुखीकरणसँंगै विभिन्न कानुनी विषयमा सभागीले उठाएका जिज्ञासा मेटाएका थिए ।

न्यायिक समितिका सदस्य तथा कालिमाटी २ का वडा अध्यक्ष इन्द्र बहादुर वलीले निर्वाचित प्रतिनिधिको प्रयास र रोहबरमा हुने मध्यस्थता र मेलमिलापको माध्यमबाट समाज र परिवारमा आपसी समझदारीमा विवाद निरुपण हुँदा सामाजिक एवम् पारिवारिक सम्बन्ध सुदृढ हुने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले न्यायिक समितिले न्याय सम्पादन गर्दा डरत्रास, लोभलालच वा कसैको पनि प्रभावमा नपरी आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताउँछन् ।

न्यायिक संवाद अन्तर्गत आआफ्नो वडामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रविलाल बस्नेत, ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, ४ का वडाध्यक्ष वेल बहादुर चन्द, ५ का वडाध्यक्ष टोप बहादुर कार्की, ६ का वडाध्यक्ष टेकराज पुलामी र ७ का वडाध्यक्ष मित्रलाल रिजाल लगायतले बोल्दै न्यायको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई पहँुच पुर्याउन आफुहरुले सकारात्मक भूमिका खेल्ने बताएका थिए ।

न्यायविना शान्ति र विकासको कल्पना गर्न नसकिने जनाउँदै गाउँपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख यज्ञ बहादुर खत्रीले स्थानीय तहमा कार्यपालिका र विधायकी अधिकारका अतिरिक्त न्यायिक अधिकार पनि रहेकाले यसबाट संघीयताको अभ्यास गर्ने अवसर प्राप्त भएको बताए । न्यायिक संवाद कार्यक्रमको सहजीकरण गरेका नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले आफुले हेर्न मिल्ने विवाद निरुपण गर्दा कुनै पनि व्यक्ति वा समूदायप्रति भेदभाव नगरी व्यावहारिक रुपमा न्याय दिन सक्ने भूमिकामा न्यायिक समिति दह्रोसँग उभिन सक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा कार्यालय वा तोकिएको निकाय वाहिर विवाद समाधान गर्दा त्यसले कानुनी मान्यता नपाउने भएकाले र उजूरीको एकीकृत लागत राख्नका लागि पनि न्यायिक समितिमा नै उजुरी दर्ता गर्न लगाउनुपर्ने विषयमा समेत जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?