Butwal Today

तिलोत्तमाका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

१५ जेष्ठ २०८०, सोमबार
अ+
अ-

बुटवल, १५ जेठ ।

तिलोत्तमा नगरपालिकामा हाल चलिरहेको स्वास्थ्यकर्मी हरुको आन्दोलन २०८० असार सम्मको लागि स्थगित भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले स्वास्थ्यकर्मिहरुले पाउनु पर्ने तलब सहित अन्य मागहरु कार्यपालिकामा छलफल गरि नगर सभामा लैजाने र नगरसभा बाट पारीत गराइ खुवाउने लिखित प्रतिबद्धता स्वास्थ्यकर्मीहरु सहितको बैठकमा जनाएपछि हाललाई यो आन्दोलन २०८० असार सम्मको लागि स्थगन गरिएको आन्दोलन ब्यवस्थापन तथा परिचालन समितिका प्रवक्ता ठानेश्वर बस्यालले बताए ।

यदि माग सम्बोधन नभए असार ११ गते देखि पुन यो भन्दा कडा आन्दोलनमा उत्रने सबै स्वास्थ्यकर्मीहरुको भनाइ छ।