Butwal Today

अब जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने

१५ जेष्ठ २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

सरकारले शिक्षक अध्यापन अनुमति पत्रका लागि नयाँ व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अब जुनसुकै विषय अध्ययन गरेको व्यक्तिले पनि शिक्षक लाइसेन्सका लागि परीक्षा दिन पाउनेछन्।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो।

शिक्षा विषय अध्ययन गरेकाले मात्र शिक्षक लाइसेन्स परीक्षा दिने व्यवस्था सरकारले हटाएर सबैको लागि लागू गर्ने घोषणा गरेको हो। नेपालमा २०६१ देखि शिक्षक लाइसेन्सको परीक्षा लिँदै आएको छ।

सोमबार संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन्।  ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने छ,’ डा. महतले भने।