Butwal Today

श्रीच्छा प्रधान बनिन् २०२३ को मिस नेपाल

१३ जेष्ठ २०८०, शनिबार
अ+
अ-

काठमाडौँ ।

सन् २०२३ को मिस नेपालको उपाधि श्रीच्छा प्रधानले हात पारेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि हात पारेकी हुन्।

प्रधान २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल २०२३ को उपाधि विजेता बनिन्। श्रीच्छालाई गतवर्ष २०२२ की मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी हुन्।

यस्तै, रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्। आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउने प्रधान काठमाडौंकी स्थायी बासिन्दा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?