Butwal Today

युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरूबीच अभिमुखीकरण

१३ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बुटवल, १३ जेठ ।

रूपन्देहीको तिलोत्तमा ८ मा युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबार सो अभिमुखीकरण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय युवा परिषद सदस्य तिलोत्तम पौडेलले मेहेनत र काम गर्ने मानिस नै युवा भएको बताए । पौडेलले युवाभित्र खोजको भावना हुनुपर्ने बताउँदै केही न केही परिवर्तनका लागि युवाले सुरूवात आफैबाट गर्नुपर्ने बताए । २०७८ को जनगणनाअनुसार युवाको संख्या १ करोड २४ लाख १२ हजार १ सय ७३, ४२.५६ प्रतिशत युवाहरू रहेको उल्लेख गर्दै युवा शक्ति कुनै कुरामा पछि हट्न नहुने बताए ।

कार्यक्रममा अर्का प्रशिक्षक युएन डिपी कार्यकारी अधिकृत बिनिता कार्कीले युवाहरू विश्व मै दखल राख्न सक्ने शक्ति भएकोे बताइन् । उनले अहिलेको समयमा युवाले हरेक क्षेत्रमा आफ्नो हक अधिकारको लागि सामर्थ्य राख्न सक्नुपर्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर अब युवाका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताए । साथै युवाहरूले नै यसका लागि पहल र माग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द केसी, शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी सामाजिक विकास शाखा प्रमुख शारदा भट्टराई, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरू, बाल सञ्जालका प्रतिनिधिहरू, नगरपालिका भित्र रहेका युवाहरूको उपस्थिति रहेको थियो । युवामैत्री स्थानीय शासनका लागि ४६ सूचक आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?