ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सिथि नखःमा कर्माचार्य बन्धुको कुलपूजा सम्पन्न

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

चितवन, १२ जेठ ।

पर्वतको बेनीबाट नेपालका बिभिन्न स्थानमा बसाई सराई गरी गएका कर्माचार्य बन्धुहरुको कुलपूजा चितवनमा सम्पन्न भएको छ । चितवन नारायणगढ स्थित गणेशस्थानमा बनाईएको कुल मन्दिरमा कर्माचार्य बन्धुको कुलपूजा भएको हो ।

सिथि नखः को अवसर पारेर गरिएको कुलपूजााको कमाचार्य बन्धुका जेष्ठ सदस्य हेमन्त कर्माचार्यले मुल पुरोहितकारुपमा पुजाको थालनी गरेका थिए । बयोबृद्ध हेमन्त कर्माचार्यको अशक्तताका कारण बाँकी कुलपूजाको बिधि अर्का जेष्ठ सदस्य नन्दकुमार कर्माचार्यले सम्पन्न गरेको लेखक तथा कर्माचार्य बन्धुका अगुवा ईश्वरी कर्माचार्यले जानकारी दिए ।

भक्तपुरबाट स्याङ्जाको बलाम गुठीमा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरु बलामगुठीबाट बसाई सर्दै पर्वतको बेनी बजार पुगेका थिए । बेनीलाई मूल घर बनाएका बन्धुहरु बसाई सराईकै क्रममा पोखरा, काठमाडौं, नेपालगन्ज, बर्दिया, चितवन भैरहवा लगायतका विभिन्न शहरहरूमा बसोबास गर्ने कर्माचार्य परिवारका २५ घर परिवारको १२५ सदस्य हरुको उपस्थितिमा कुलपूजा गरिएको जनगायक अशोक कर्माचार्यले बताए ।

कुलपूजामा उपस्थित कर्माचार्य बन्धुका अगुवाहरुले भाषा र संस्कृतिलाई जोगाउन कर्माचार्य बन्धुहरुको एकतामा जोड दिएका थिए । परिचयात्मक कार्यक्रममा बोल्दै लेखक तथा अगुवा ईश्वरी कर्माचार्यले बंशावली निर्माण गर्दै कर्माचार्य बंशका भाईबन्धुहरुलाई एकताबद्ध बनाउनु पर्ने बताए ।

अर्का अगुवा जीवन कर्माचार्यले देशैभर छरिएका रहेका कर्माचार्य दाजुभाई खलकलाई कुलपूजाको माध्यमबाट एकताबद्ध बनाउने प्रयास भएको बताए ।

कार्यक्रममा रमेश कर्माचार्य, उत्तम कर्माचार्य, सुदीप कर्माचार्य लगायतले बिधि बनाएर पूजालाई निरन्तरता दिनुपर्ने बताए । कुलपूजामा उपस्थित कर्माचार्य बन्धुहरुले हरेक २ वर्षमा कुलपूजा गर्ने, एउटै हाँगामा रहेका कर्माचार्य खलक सबैलाई पूजामा सहभागी गराउने, पूजाको बिधि निर्माण गर्ने लगायतको निर्णय भएको अगुवा गायक कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?