ट्रेंडिंग:

>> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि

सिद्धार्थ सञ्जाल रुपन्देही गठन, अध्यक्षमा अनिल ज्ञवाली

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

भैरहवा, ११ जेठ ।

यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही नामक संस्था गठन गरिएको छ । विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा भैरहवामा बसेको बैठकले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, विष्णु प्रसाद शर्मा, संजय बजिमय, महासचिवमा सम्झना शर्मा, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा धिरज घिमिरे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सूर्य कुमार सारु मगर, केशवराज ज्ञवाली, हरिश सेठिया, दीपक के.सी., संजीव रोक्का, चन्द्र बहादुर थापा, नारायण कुंवर, विष्णु प्रसाद खरेल, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, राम मिलन यादव, पिताम्बर न्यौपाने, मधु प्रसाद पन्थी, कैलाश गुप्ता, अकरम खान, विष्णु गौतम र श्रीचन्द गुप्ता रहेका छन् ।

बिहीबार सञ्जालको प्रथम बैठक तथा छलफल कार्यक्रम भएको छ । नवगठित समितिको घोषणा गरिएको उक्त बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले समितिलाई बधाई ज्ञापन गरेका छन् ।

बैठकले सञ्जालको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सल्लाहकारमा ओमकार गौचन, खिम बहादुर खत्री र नारायण प्रसाद भण्डारीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्न विष्णु प्रसाद शर्माको संयोकजत्वमा उपसमिति गठन गरेको छ । त्यस्तै मधु प्रसाद पन्थीको संयोजकत्वमा विधान मस्यौदा लेखन उपसमिति, सतिश कुमार कौशल (दीपक) को संयोजकत्वमा कोष वृद्धि उपसमिति र संजय बजियमको संयोजकत्वमा बेलहिया–सुनौली स्थलमार्ग समस्या समाधान उपसमिति गठन गरेको सञ्जालकी महासचिव सम्झना शर्माले बताइन् । बैठकले संस्था दर्ता गर्ने र खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खानले समितिको प्रत्येक कदममा आफ्नो र सिद्धार्थनगर नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि साथ र सहयोग रहने बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रमा धेरै संघ–संस्था रहेको र सबैले अलग अलग रुपमा भन्दा सामूहिक रुपमा आवाज उठाउँदा प्रभावकारी हुने बताए । उनले उद्योगी व्यवसायी चौतर्फी मारमा परेको बताए । उनले भने, ‘समग्र रुपन्देहीको विकासका लागि अगाडि बढ्छौं । कसैलाई काखा र पाखा गर्दैनौं । ’

उनले एकढिक्का भएर अघि बढे सम्बन्धित निकायसँग माग पूरा गराउन पनि सहज हुने र यस क्षेत्रको विकासले गति लिने धारणा राखे । उनले संजालको प्रमुख र पहिलो मुद्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाब दिने रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई चलायमान बनाउनुपर्ने बताए । उनले भने, ‘एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

‘सबैको साथ, समृद्धि र विकास’ भन्ने मूल नाराकासाथ सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको सचिव सचिन रोक्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?