Butwal Today

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

१० जेष्ठ २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति  ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।