ट्रेंडिंग:

>> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट
स्थानीय खबर

बुटवलमा रोजगार दिन मेला: मेलाले के रोजगार देला ?

१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

बुटवल,  जेठ
कालिकानगरका केशव चापागाई रोजगारको खोजीमा थिए । बजार ब्यवस्थापनको अनुभव रहेका उनी बुटवलको रोजगार मेलामा भेटिए । ‘मैले खोजेको पदमा एउटा कम्पनीको माग रहेछ ।’–फर्म भर्दै उनले भने । रोजगार पाउनेमा आशाबादी छन । रोजगार दिने र रोजगार खोजेकाहरुलाई पुलको काम मेलाले गरेको उनी बताउछन । ‘मार्केटिङ अफिसरमा भरेको छु ।’– उनले भने ।


एफएनसिसिआई, रोजगार सेवा केन्द्र बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा ईन्टरनेश्नल लेवल अर्गनाइजेसनको सहयोगमा रोजगार मेला आयोजना भएको हो । लुम्बिनी वाणिज्य क्याम्पसबाट भर्खर बिबिएस पास गरेकी बुटवलकी सृजना पाण्डे रोजगारको खोजीमा थिईन । अध्ययनसंगै संचार क्षेत्र र मालपोत कार्यालयमा लेखापढीको अनुभव बटुलेका उनी अब भने रोजगारको खोजीमा छिन । अनुभवको हिसाबले रिसेप्सन, फ्रन्ट अफिसरको पदमा रोजगार पाए काम गर्ने सोच बनाएकी उनलाई रोजगार मेलामा खोजेजस्तो प्रतिष्ठान भेटाइन । दुई वटा प्रतिष्ठानमा फर्म भरेको उनले बताईन ।
महाराजा रिसोर्टमा आयोजना गरिएको रोजगार मेलामा २९ वटा प्रतिष्ठानहरुले कर्मचारीको पदसहित स्टल राखेका फर्म भराएका छन । जहाँ प्रतिष्ठानका एचआर म्यानेजरले रोजगार खोज्ने युवाहरुलाई सहजिकरण गरेका छन ।
गोर्खाकी बिनिता नेपाली बुटवलको कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन अटोमोबाइल ईन्जिनियरिङ पास गरिन । पढाई सकेसंगै रोजगारको खोजी रहेकी उनी धेरै उद्योगमा पुगिन । ३ वर्षको अवधिमा उनले प्राविधिक ज्ञान पाएर दक्ष जनशक्ति तयार भएपनि अनुभवको अभावकै कारण रोजगार पाउन कठिन भएको उनले गुनासो गरिन । ‘प्राविधिक विषय अध्ययन गरेको भएपनि महिलालाई रोजगार पाउन चुनौती छ ।’–उनले भनिन । रोजगार मेलामा अटो मोबाइल ईन्जिनियर सम्बन्धि पदमा उनले फर्म भरेकी छिन । सवारी साधनको विभिन्न पार्टहरुबाट उत्पन्न हुने समस्या र समाधानको पाटोमा राम्रो ज्ञान उनलाई छ । दक्षता अनुसार रोजगार पाउनेमा उनि आशाबादी छिन ।
कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन मेकानिकल ईन्जिनियर पढेर ६ सेमेस्टार दिएर नतिजाको पर्खाईमा रहेकी सल्याङकी निरुता चन्द रोजगारको खोजीमा छिन । लेथ मेशिन, बेल्डिङ, अटो क्याट, ड्रिल, ग्रिडिङ र सवारी साधनको पार्टको बारेमा राम्रो ज्ञान भएकी उनी रोजगार मेलामा रोजगार खोज्न आईन । लेथ मेशिन र मेकानिकल ईन्जिनियरको माग रहेको दुई कम्पनीमा फर्म भरेकी छिन । महिलाहरुलाई दक्षता भएपनि अवसर नदिने गरेको उनले बताए । दक्षता भन्दा पनि चिनजान र पहिचान भएकाहरुलाई रोजगारको अवसर पाउदै आएकोमा रोजगार मेलाबाट रोजगार पाउनेमा आशा ब्यक्त गरिन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले स्वदेशमा रहेका उद्योगको जनशक्ति माग र रोजगार खोज्ने युवालाई भेटाउने पुलका रुपमा कार्यक्रम गरिएको बताए । यो कार्यक्रमबाट करिब २ सय भन्दा बढिलाई रोजगार मिल्ने उनले दाबी गरे । सामान्य लेभर, सुरक्षा गार्ड, एकाउन्टेन्ट म्यानेजरसम्मको करीब ३ सय बढी माग अनुसार २९ वटा प्रतिष्ठानको स्टल राखिएको उनले बताए । बाहिर प्रतिष्ठानको आवश्यकताको बोर्ड राखिएको छ । जस अनुसार रोजगारको स्टलमा फर्म भर्ने, डकुमेन्ट पेश हुन्छ । जेठ ९ र १० गते दुई दिनसम्म चल्ने मेलामा युवाहरुको आर्कषण छ ।

रोजगार मेलाको उद्घाटन
एक समारोहका बिच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलमा आयोजना गरिएको दुई दिने रोजगार मेलाको मंगलबार उद्घाटन गर्दै विदेशबाट श्रमिक ल्याउनु परेको वर्तमान अवस्थामा उदाहरणीय कार्य भएको बताए ।
नीजि क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारको अग्रसरता जरुरी रहने उनको तर्क छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य, उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिदा स्वदेशी उद्योगको उत्पादनमा असर गर्ने र आयातमै निर्भर हुनुपर्ने अवस्था आएको दुखेसो गरे । कार्यक्रममा आई.एल.ओ.नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशी, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, संघका महासचिव विमलराज भट्टराईले आन्तरिक रोजगारीमा प्रवर्धन गर्नको लागि मेला फलदायी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?