Butwal Today

१० महिनामा व्यापार घाटा १२ खर्ब, वैदेशिक व्यापार १७ प्रतिशतले घट्यो

८ जेष्ठ २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधीमा वस्तु आयात १३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको भएको छ भने वस्तु निर्यात १ खर्ब ३० अर्ब रुपैयाँको भएको छ।

यो वर्ष वस्तु आयात र निर्यात दुवै घटेको छ। गत आर्थिक वर्षको १० महिनामा १६ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आयत भएकोमा यो वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्बको मात्रै आयात भएको हो।

त्यस्तै गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएकोमा यो वर्ष १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।