ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

नेकपा एसको दाङ जिल्ला अध्यक्षमा केसी

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

दाङ, ५ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा भुपबहादुर केसी चयन भएका छन् । समाजवादी पार्टीको शुक्रबार घोराहीमा सम्पन्न विशेष जिल्ला भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा डिल्ली बहादुर पुन, गणेशकुमार चौधरी, विष्णु गुरुङ र सचिव जानका रेग्मीलाई चयन गरेको छ । उपसचिवमा डिलबहादुर बुढा, सूर्य बिसी र प्रेम बुढा चयन भएको समाजवादी पार्टीले जनाएको छ ।

पार्टीले १ सय ७१ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै आगामी दिनमा जिल्लाका १० वटै पालिकामा वडा तहसम्मको संगठन सुदृढिकरण अभियान अघि बढाउने गरी नयाँ कार्य समिति चयन गरिएको बताईएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोमप्रसाद पाण्डेको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा विशेष जिल्ला भेलाले गरेको निर्णय सार्वजनिक गरिएको हो । सो अवसरमा प्रमुख सचेतक चौधरीले जिल्ला तथा केन्द्रीय तहको भुमिकामा रही काम गर्दै आएकाहरुबाट भएको गलत कामलाई पार्टीले अत्यन्तै गम्भीरतापूर्वक लिएको बताए । अवसरवादको बाटोमा लाग्नेहरु कहिले पनि राजनीतिमा सफल हुन नसक्ने भन्दै त्यस्ता व्यक्तिलाई सबैले चिन्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश कमिटी अध्यक्ष पाण्डेले केही दिनअघिसम्म पार्टी मोर्चामा निकै जिम्मेवारीपूर्वक काम गरेकाहरुबाट भएको निर्णयले आफुलाई आश्चर्यमा पारेको बताए ।

नेकपा समाजवादी पार्टीबाट केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य सारदा स्वर्णकार, हिराचन्द्र केसीले पार्टी परित्याग गरी पुरानै पार्टी नेकपा एमाले प्रवेश गर्न लागेका छन् । यसैगरी, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, उपाध्यक्ष शोभा शाह, सचिव डिल्ली डाँगीले पनि एमाले प्रवेश गर्न लागेका छन् ।

जसका आधारमा नेकपा एसले उनीहरुलाई कारवाही गरिएको प्रदेश कमिटीमा जानकारी गराएको छ । जिल्लामा नेकपा एसको उपस्थिती पछिल्लो समय कमजोर बन्दै गएको छ । केही समय अघि पनि जिल्लामा एसबाट जिम्मेवारीमा रहेकाहरु बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?