Butwal Today

सिआइएमए र एसिसिए पढ्न चाहनेका लागि श्री कलेजको बुटवलमा कार्यशाला

६ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बुटवल, ६ जेठ ।

सिआइएमए र एसिसिए विषय पढाउँदै आएको काठमाडौं मिनभवनस्थिल श्री कलेज अफ म्यानेजमेन्टले शनिबार बुटवलका विद्यार्थीहरूसँग कार्यशाला तथा सेमिनार गरेको छ । सिआइएमए र एसिसिए पढ्न चाहने कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका बीच कलेजले कार्यशाला गरेको हो । कलेजले देशका विभिन्न प्रमुख शहरहरूमा विद्यार्थीहरूबीच कार्यशाला गर्दै आएको छ ।

सिआइएमए र एसिसिए सिए र एमबीएको संयोजनको कोर्ष हुन् । यी दुवै विषय नेपालमा श्री कलेजले मात्र पढाउँदै आएको कलेजका संयोजक प्रितम अग्रवालले बताए । ‘हामीले देशका सबै ठाउँबाट विद्यार्थी कलेजमा पढनु भन्ने उद्देश्य सहित यस्ता कार्यक्रमहरू गर्दै आएका छौं’ अग्रवालले भने, ‘काठमाडौं बाहिरबाट पढ्न जान चाहने विद्यार्थीहरूलाई ५० हजार रूपैयाँसम्म छुटको व्यवस्था गरेका छौं ।’ चार वर्षे यी कोर्ष पूरा गर्न ८ लाख रुपैयाँ खर्च लाग्छ ।

युकेको चार्टर एकाउन्टिङ र युवकै म्यानेजमेन्ट एकाउन्टेन्सी कोर्ष हो । यी विषय पढ्न जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थी पढन पाउने अग्रवालले बताए । कलेजका शैक्षिक प्रमुख बाबुराम मालीले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी पनि भर्ना हुन पाउने बताए । यी विषयको परीक्षा प्रणाली सजिलो छ । एउटा एउटा विषयको जाँच दिन पाइन्छ । कम्प्युटर प्रणालीबाट परीक्षा दिन पाइन्छ । तत्काल रिजल्ट हेर्न सकिन्छ । सिआइएमए र एसिसिए विद्यार्थीको लागि छात्र छात्राको छुट्टा छुट्टै होस्टेलको व्यवस्था गरिएको छ । सेमिनारमा ५० भन्दा बढी विद्यार्थी सहभागी थिए । सहभागी धेरै विद्यार्थीहरुले दुवै विषय पढ्ने रुची देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?