ट्रेंडिंग:

>> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा 

स्थापना दिवसमा विद्यालयलाई शैक्षिक सामग्री वितरण

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवस देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाईदैछ । देवदह नगर कमिटिले संघको ३५ औ स्थापना दिवसको अवसर पारेर श्रीनगरको विकट क्षेत्रमा रहेको देवदह नगरपालिका–१०, मुढाबासको जनकल्याण आधारभुत विद्यालयमा अध्ययरत बालबालिकाहरुलाई शैक्षिक सामग्री र नास्ता वितरण गरेको हो ।

एक कार्यक्रमका बीच विद्यालय परिसरमा शुक्रबार युवा संघका केन्द्रीय सदस्य कल्पना पाण्डें मगर, नेकपा एमाले जिल्ला कमिटी सदस्य मन कुमार कनौजिया, संघका प्रदेश सहसंयोजक सुरज खरेल, जिल्ला सहसचिव नवराज मल्ल, मधु श्रेष्ठ, जिल्ला सदस्य सुमन श्रेष्ठ, नगर कमिटी अध्यक्ष विश्वास गुरुङ, नगर कमिटी सदस्य उमेश मगर, युवा ईन्चार्ज विकास गहतराज, संघका वार्ड अध्यक्ष खुम थापाले विद्यालयका प्रधानाध्यापक प्रकाशराज अर्याललाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य कल्पना मगरले देशका हरेकजसो राजनीतिक परिवर्तनको आन्दोलनमा सहभागी युवा संघ अब समाज रुपान्तरणको अभियानमा लाग्ने बेला भएको बताईन् । युवाहरुलाई सिपमुलक तालिम, क्षमता अभिवृद्धि जस्ता कार्यक्रम गरि नया ढंगबाट विकासमा योगदान दिन जरुरी रहेको उनले बताईन् ।

कार्यक्रममा जिल्ला सदस्य मन कुमार कनौजियाले युवाहरु परिवर्तनको बाहक भएको दाबी गर्दै समाज, देश परिवर्तनको हरेक मोडमा भुमिका खेलेको बताए । कार्यक्रममा संघका प्रदेश सहसंयोजक सुरज खरेलले तराईमा पर्ने देवदह नगरपालिका भौगोलिक हिसाबले विकट हुदा विकासमा पछि परेको बताए । भौतिक पूर्वाधार विकाससंगै सडक संजालबाट जोडिएको भएपनि मानव विकासको पाटोमा कमजोर रहेको उनले बताए । शैक्षिक विकासमा स्थानिय पालिकाबाट आवश्यक पहल गर्न आफुहरु तयार रहेको बताए । देश विकासमा युवाहरुको अग्रसरता आजको आवश्यकता भएको भन्दै आफैबाट परिवर्तन अघि बढाएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाशराज अर्यालले विद्यालयप्रति अभिभावकहरुको भुमिका र जिम्मेवारी महत्वपुर्ण हुने बताए । स्थानीय पालिकाबाट शिक्षकहरुको क्षमता, पुर्वाधार विकासमा आवश्यक सहयोग जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष विश्वास गुरुङले हरेक दृष्टिकोणबाट पिछडिएको ठाउँलाई सबैको साथ सहयोग जरुरी रहेको बताए । संघको स्थापना दिवसको अवसरमा देशभर सरसफाई, खेलकुद, सहयोग हस्तान्तरण जस्ता रचनात्मक काम गरि मनाईरहेको उनले बताए । वि.स २०४१ सालमा स्थापनामा भएको बाल शिक्षामा ११ जना र १–४ सम्म १६ जना विद्यार्थीहरु अध्ययरत छन भने ४ जना शिक्षकहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?