ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

विद्यालयको गाडी भाडा घटाउन अभिभावक संघको माग

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

अभिभावक संघ रुपन्देहीले नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रति लिटर १० रुपियाँ घटाउँदा पनि विद्यालयहरुले गाडी भाडा नघटाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै डिजेलको मूल्य घटेसँगै सार्वजनिक यातायातको गाडी भाडा समेत घटाइएको तर विद्यालयहरुले भने गाडी भाडा नघटाएर आर्थिक मन्दीका बेला अभिभावकमाथि भार थोपर्ने काम गरेको भन्दै आपत्ती जनाएको हो ।

संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तीमा यतिबेला मुलुक नै आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेको बेला अभिभावकलाई राहत र सहुलियत प्रदान गर्नुपर्नेमा उल्टै आर्थिक भार थोपर्ने कामले स्वयं विद्यालयकै पनि हित नहुने उल्लेख गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा वृद्धि भएको अनुपातमा भाडा बढाउने र मूल्य घट्दा सोही अनुपातमा भाडा घटाउने निर्णय गर्दा त्यो सबैभन्दा वैज्ञानिक हुने पनि संघले बताएको छ । “तर यहाँका विद्यालयहरु भाडा घटाउन छाडेर अभिभावकसँग सवारी भाडाका नाममा चर्को शुल्क असुली गरेको पाइएकोले यसतर्फ हामी सबै विद्यालयको ध्यानाकर्षण गराउन चाहन्छौं”–विज्ञप्तीमा भनिएको छ ।

विद्यालयहरूले लामो बिदाका बेलामा समेत यातायात लगायतको शुल्क मागेको भन्दै अभिभावकहरुको गुनासो र असन्तुष्टी प्रकट हुने गरेको भन्दै अभिभावक संघले यो गुनासोलाई संबोधन गर्न पनि विद्यालयहरुको ध्यानाकर्षण गराएको छ । त्यस्तै संघले विज्ञप्तीमा विद्यालयहरुले लामो बिदाका बेलाको समेत गाडी भाडा लिने गरेको र यसले विद्यालय सञ्चालकहरु मोटाउने र अभिभावकलाई आर्थिक व्ययभार बढिरहेको भन्दै यसतर्फ सचेत रहन पनि आग्रह गरेको छ । सरकारले जारी गरेको मापदण्डमा आधारित भएर विद्यार्थीको अवस्था र पहुँच अनुसार पढाउन र त्यसैका आधारमा शुल्क लिने व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

अर्कोतर्फ नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा समेत सबै पाठ्यपुस्तकहरु उपलव्ध नभएको भन्दै संघले विज्ञप्तीमा सबै पाठ्यपुस्तक यथाशीघ्र उपलव्ध गराउन माग गरेको छ । त्यस्तै स्थानीय पाठ्यपुस्तक पनि कतिपय विद्यालयले उपलव्ध नगराएको पाइएको भन्दै यस्ता विषयमा विद्यालयहरुले हेलचेक्र्याई गर्दा त्यसले शैक्षिक गुणस्तरमा समेत गम्भीर असर पर्ने विज्ञप्तीमा उल्लेख छ । अभिभावकको गुनासो संबोधन नगरिए अभिभावक संघले यस्ता विषयमा दवावमूलक कार्यक्रम गर्न बाध्य हुने समेत विज्ञप्तीमा चेतावनी दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?