ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

तिलोत्तमामा एन्टीरेविज भ्याक्सिन सेवा प्रभावकारी

१८ दिनमा ५१ जना सेवाग्राही
४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

बुटवल, ४ जेठ ।

तिलोत्तमा १६ कि जिया थापालाई घरकै कुकुरसँग खेल्दाखेल्दै टोक्यो । कुकुरलाई भ्याक्सिन लगाएको म्याद नाघिसकेको हुनाले आफ्नै आमासँग रेविज विरुद्धको खोप लागाउन आनन्दबन स्वास्थ्य चौकीमा पुगिन् । नानीबाबुहरु कुकुरसँग घुलमिल भएर खेल्छन । कुकुरसँग नचल्न भन्दा मान्दैनन्, नानीबाबुहरु कुकुरसँग खेल्ने क्रममा यो नानीलाई टोक्यो—आमा सिताले भनिन् ।

शुद्धोधन गाउँपालिकाकी ममता चौधरीलाई पनि बेला बेलामा घरमा आइरहने, खेल्ने, मायाँ गर्ने विरालोले टोक्यो । २५ वर्षिय चौधरी डराउदै खोप लगाउन भन्दै आनन्दवन स्वास्थ्य चौकीमा पुगिन र अहिले तेस्रो डोज पुरा गरिन् । उनी बिरालोले टोकेपछिको सामान्य अवस्थामै उपचार लिन आफन्तसँग स्वास्थ्य चौकी पुगेकी हुन् । बुटवल ११ का ३३ वर्षीय दिपक पौडेललाई पनि बाटोमा हिड्दा कुकुरले टोक्यो उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुग,े अस्पतालमा भ्याक्सिन सकिएकाले तिलोत्तमामा रहेको आनन्दवन स्वास्थ्य चौकीमा पुगेका छन् ।

यस्ता घटनामा जिया, ममता, दिपक लगाएत प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै हाम्रो समाज वरपर रहेका र दैनिक जसो घट्न सक्ने संभावित घटनाहरु हुन्छन् । आफ्नै घरमा पालिएको कुकुर, विराला हुन वा छाडारुपमा रहेका सामुदायिक कुकुर विराला किन नहुन, दैनिकजसो कतै न कतै कुनै न कुनै ब्यक्तिहरु कुकुर बिरालाको टोकाईको शिकार बनिरहेको अवस्था छ ।

रहरले पालिने कुकुर विराला मात्रै नभई जंगली जनावर बँदेल, स्याल, बाँदर जस्ता वन्यजन्तुले समेत मानिसहरुलाई आक्रमण गर्ने सक्ने र मानिसमा रेविज रोग सर्न सक्ने खतरा रहेको आनन्दवन स्वास्थ्य चौकीका फोकल पर्सन होमनाथ पाण्डेले बताउँछन् । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन गत बैशाख १७ गतेबाट शुरु भएको हो ।

जेठ ३ गतेसम्म १८ दिनमा ५१ जना कुकुर बिरालोजन्य टोकाईबाट भएका विरामीले सेवा लिन आइसकेको पाण्डेले बताए । आनन्दवन स्वास्थ्य चौकी आउने विरामीहरुमा सबैभन्दा बढी कुकुरको टोकाईबाट ४६ र विरालोको टोकाईबाट ६ जना घाइते भई उपचार गर्न आएको जनाइएको छ । यसरी हेर्दा घरपालुवा जनावरबाट नै बढी प्रभावित भएर उपचारका लागि स्वास्थ्य चौकी आउने गरेको पाण्डेको भनाई छ ।

उपचारमा आउने व्यक्तिमा शुरुमा जिरो डोज दिइन्छ, त्यसको तीन दिनपछि दोस्रो डोज र ७ औं दिनका अन्तिम डोजको खोप लगाउनु पर्ने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरे बताउँछन् । दुवै पाखुरामा ६ पटक लगाईने खोपको अहिलेसम्म कुनै पनि त्यसतो असर नदेखिएको बताए । “हामीले शुरुवाती चरणमा २ सय डोजको एन्टी रेबिज भ्याक्सिन ल्याएका थियौ, त्यो सकियो र हिजो मात्रै फेरी १ सय डोज भ्याक्सिन ल्याएका छौ । उपचारका लागि विरामीहरु आउने क्रम जारी रहेको भएपनि एकपटक खोली सकेको भ्याक्सिनलाई ६ घण्टाभित्र लगाई सक्नु पर्छ”र्– घिमिरेले बताए । अन्यथा उक्त भ्याक्सिन खेर जाने समेत उनको भनाई छ ।

घिमिरे भन्छन्—“कतै तपाइ हामीले पालेका घरपालुवा जनावरबाटै हामीलाई रेविज त सर्दैन ? ख्याल गर्नुहोस् हेर्दा सामान्य लाग्न सक्छ तर तपाई हाम्रै घर वरपर पालिने घरपालुवा जनावरलाई समयमा रेविज विरुद्धको खोप लगाउन विर्सिए यस्ता घटना दैनिक बढ्ने छ । रहरले पालिने कुकुर विरालाहरु पछि सडकमा खुल्ेलयाम छाड्ने प्रवृतिले पनि छाडा अथवा सामुदायिक कुकुर विरालाहरुको संख्यामा वृद्धि भएको छ ।”

यसको नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले जस्को घरमा कुकुर, विराला पालिन्छ उक्त मालिकले नगरपालिकामा दर्ता अनिवार्य गर्नुपर्ने नीति समेत बनाएको तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरदेवी चौधरी बताउछिन् । नगर सरसफाईलाई ध्यान दिदै आफुले पालेका जनावरको दिसा पिसावको ब्यबस्थापन पनि जनावर पालकले नै गर्नुपर्ने अन्यथा कारबाहीको भागिदार बन्नु पर्ने नीति बनाइएको उपप्रमुख चौधरी बताउँछिन् ।

रुपन्देहीमा एन्टिरेविज भ्याक्सिन सेवा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा र तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा यो सेवामा प्रदान गरिदै आएको छ ।
छाडा तथा घरपालुवा कुकुर बिरालाको टोकाईबाट बिरामी भएकाले उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा शुरु भएको नगरप्रमुख रामकृष्ण खाणले बताएका छन् । सेवा प्रवाह र आन्तरिक ब्यवस्थापनमा उत्कृष्ट घोषित भै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा रहेको आनन्दवन स्वास्थ्य चौकीमा उक्त सेवा शुभारम्भ गरिएको प्रमुख खाणले बताए ।

नगरप्रमुख खाणले ग्रामीण र शहरी क्षेत्रमा स्वास्थ्य सचेतनाको अभावमा यसप्रकारका समस्याहरु उत्पन्न भएको देखिएको बताउँदै ब्यक्तिगत र सामाजिक स्वास्थ्यप्रति सवै सचेत रहन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
देशको अर्थतन्त्र समेत बिग्रेको वर्तमान अवस्थामा स्वास्थ्यको लागि ठूलो रकम खर्च हुनु पनि दुर्भाग्यको विषय भएको बताउँदै त्यसको समाधानको लागि नगरपालिकाले प्रयास गरिरहेको बताए ।

बिरामीहरुका लागि सो स्वास्थ्य चौकीबाट धेरै सेवा र सुविधा थपिएको बताउँदै नगर प्रमुख खाणले उपचारका लागि टाढा जाने अवस्थाको अन्त्य गर्न सोही स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी १५ शैयाको अस्पतालको रुपमा परिणत गरेको बताए । रेबिज रोग जुनसुकै जनावरको टोकाईबाट हुने भएकोले ज्यानै जाने यो रोगबाट बच्न उक्त भ्याक्सिन सेवा शुरु गरिएको उल्लेख गर्दै खाणले अन्य क्षेत्रको भन्दा तिलोत्तमा नगरबासीको औषत आयु बढी रहेको दावी समेत गरेका छन् । नगरप्रमुख खाणले भने—“तिलोत्तमालाई धेरै कुरामा सुदृढ गरी उचित ब्यवस्थापन गरिएको छ ।”

नगरप्रमुख खाणले स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती लिएर सो सेवा प्रदान गरिएको जानकारी गराउँदै प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध गराएको भ्याक्सिन वितरण गरिने जानकारी दिएका छन् । खाणले भने—“यो सेवा प्रदान गर्नको लागि यहाँका ५ जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको छ । कर्मचारीहरुले निःशुल्क सेवा प्रदान गर्ने उनले बताए ।

स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद पौडेलले रेबिज रोग लागेपछि मान्छे बाँच्न नसक्ने भएकोले सदैव सतर्क रहनुपर्ने बताउँदै यो भ्याक्सिन निकै प्रभावकारी हुने हँुदा सोही अनुसार ब्यवस्थापन गरिएको जानकारी गराए । स्वास्थ्य चौकीमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मीहरु रहेको उनले जानकारी दिए । चौकीबाट मानसिक स्वास्थ्य परामर्श सेवा, न्युनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्दै आएको बताए ।

यसरी तिलोत्तमाले शुरु गरेको एन्टिरेविज भ्याक्सिन सेवालाई अत्यन्तै महत्वपूर्ण र उल्लेखनीय कार्य भएको भन्दै सर्वत्र प्रशंसा गरिएको छ । ठुला ठुला अस्पतालले समेत प्रभावकारी सेवा दिन हिचकिचाउने गरेको एन्टिरेविज भ्याक्सिन सेवालाई थप प्रभावकारी र ब्यवस्थित बनाउँदै जनस्वास्थ्यका सवालमा नमुना काम गर्न सफल तिलोत्तमा नगरपालिका जनसेवाका सवालमा पनि उत्कृष्ट बनेको छ । तिलोत्तमाको यो प्रभावकारी सेवालाई सबैले साथ, सहयोग र समर्थन दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?