ट्रेंडिंग:

>> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न

चेम्बर अफ कमर्स रुपन्देही र गोरखाबीच छलफल

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

भैरहवा, ४ जेठ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सबीच भेटघाट तथा छलफल भएको छ । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमअन्तर्गत बुधबार गोरखा आइपुगेको संगठनको टोलीलाई गोरखा चेम्बरले स्वागत गरेको हो ।

स्वागत, भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले संस्थाले उद्योगी–व्यवसायीको नेतृत्व गर्दै आएको बताए । उनले गोरखा चेम्बर अफ कमर्स छोटो समयमा अब्बल संस्थाको रुपमा स्थापित भएको बताए । उनले भने, ‘दशैं सस्तो बजार मेला, व्यापार मेला, सडक महोत्सव, स्वास्थ्य सामग्री वितरण, अन्तर चेम्बर भ्रमण, करसम्बन्धी सचेतनालगायत कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं ।’ संस्थामा हाल ४२५ जना सदस्य आबद्ध रहेको उनले जानकारी दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले मेला महोत्सव आयोजना गर्दै आएको बताए । उनले रुपन्देहीमा भएका विकास निर्माण कार्यहरुमा संगठनले निरन्तर सल्लाह सुझाव दिदै आएको बताए । उनले भने, ‘विभिन्न चेम्बर अफ कमर्सबीच सम्बन्ध बलियो बनाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरिएको हो । यसले चेम्बर अफ कमर्सबीच थप बलियो सम्बन्ध स्थापित गर्नेमा विश्वस्त छौं । ’

अध्यक्ष ज्ञवालीले लुम्बिनीमा आउने पर्यटकलाई गोरखा र गोरखा आउने पर्यटकलाई लुम्बिनी लैजान आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताए । संगठनले वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ज्ञवालीको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीमा हाल ५ हजार जना सदस्यहरु आबद्ध रहेको उनले जानकारी दिए ।

गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले संस्थाको सीमित आम्दानी मुख्य चुनौती रहेको बताए ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, महासचिव विष्णु राना मगरले पनि बोलेका थिए । वार्षिक कार्ययोजनाअन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न चेम्बर अफ कमर्सबीच थप प्रगाढ सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोरखा, पोखरालगायत स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको संगठनका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए । चारदिने भ्रमण टोलीमा २० जनाको सहभागीता रहेको संगठनका महासचिव सचिन रोक्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?