Butwal Today

डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो, पेट्रोल र ग्यासको यथावत

३ जेष्ठ २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

डिजेल र मट्टीतेलको मूल्य एक लिटरमै १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।