Butwal Today

घट्यो लामो दूरीको गाडी भाडा

३ जेष्ठ २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो। अन्तर-प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३.२ प्रतिशतले घटाइको हो।

सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ। हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो। अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ।

यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ। डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन्।