ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

अख्तियार बुटवलका प्रमुख पाण्डे र पाल्हीनन्दन अध्यक्ष गुप्ताविरुद्ध छानवीन गर्न उजुरी

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

बुटवल, २ जेठ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेमाथि छानविन र कारवाही गर्न अख्तियारको केन्द्रीय कार्यालयमा दुई वटा उजुरी दर्ता भएका छन् । निज पाण्डेले सम्बन्धित पक्षसंग आर्थिक लेनदेन गरी मुद्दा मिलाउने र कारवाही अघि नबढाएको आरोप निवेदनमा उल्लेख छ ।

अख्तियार प्रमुख पाण्डेयले पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध परेको आर्थिक अनियमितता र गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको अपुताली जग्गाका सम्बन्धमा परेको मुद्दाको छानवीन नगरेको आरोप छ ।

अपुताली जग्गाको मुआब्जा खान नक्कली नाता प्रमाणित गराएको सम्बन्धमा अख्तियार प्रमुख पाण्डेसहित ७ जनाविरुद्ध उजुरी दर्ता भएको हो ।

जसमा रुपन्देही ओमसतिया गाउंपालिका १ का तुफेल पठान, नवलपरासी पाल्हीनन्दन गा.पा. ६ का महिला सदस्य तथा कार्यवाहक वडा अध्यक्ष अनिता साहनी, पाल्हीनन्दन ६ का अखिलेश यादव, सोही ठाउंका पारस भर, सोही ठाउंका नवलपरासी जिल्ला समन्वय समितिका उप प्रमुख राम दयाल तेली, पाल्हीनन्दन गा.पा. वडा नं. ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादव रहेका छन् ।

सिद्धार्थ नगरपालिका वडा नं. १० बस्ने स्व. ठाकुर भरको छोरा स्व. रमासरे भरको नाममा साविक हाटी बनगाई गा.वि.स. भुजौली वडा नं. ७÷क को कि.नं. १५२ को ज.वि. ०–४–४ चार कट्ठा चार धुर जग्गा कायम रहेको उक्त जग्गा गौतमबुद्ध विमान स्थलले प्रतिधुर ४ लाख ५० हजारका दरले मुवाब्जा दिने निर्णय भएको थियो । स्व. रमासरे भरको मृत्युपछि हक खाने हकदार कोही नभएको निजको दुई मात्र श्रीमती जेठी मालती देवी भर पनि आफ्नै कालगतिले मृत्यु भई सकेको र निजको कान्छी श्रीमतिको मानसिक विमारी भई निजको पनि मृत्यु भई सकेकोले कोही हकदार नभएको उक्त जग्गा नेपाल सरकारको हुने अपुताली जग्गा भएकाले नक्कली नाता कायम गरी करिब ४ करोड मुआब्जा रकम लिन खोजिएकाले उनीहरुमाथि कारवाहीको माग गरिएको छ ।

निवेदनमा तुफेल पठान सहित विपक्षी अन्य ५ जनाको मिलेमतोमा स्व. रमासरे भर र साविक देवगाव गा.वि.स. हाल रामग्राम नगरपालिका वडा नं. १७ बस्ने तिर्थी भरिनलाई प्रलोभन दिई नक्कली देवर भाउजुको नाता प्रमाणित गरी जग्गा नामसारीको सिफारिस का.वा. वडा अध्यक्ष अनिता साहनीबाट भएको र वडा अध्यक्ष कृष्णचन्द्र यादवले मुआब्जा रकम हात पार्नका लागि जिल्ला मालपोत कार्यालय रुपन्देहीमा गएर सनाखत गरी दिएको उजुरीमा उल्लेख छ । यसमा नाता प्रमाणित हुने कुनै आधार प्रमाण नभएकाले आवश्यक छानविन गर्न माग गरिएको छ । स्व. रमासरे भरको नामको जग्गाको मुआब्जा रकम निकासा हुनु भन्दा अगावै भुमाफियाहरुले र जनप्रतिनिधि समेतले तिर्थी भरिनलाई जनही १०÷१० लाखको कपाली तमसुक गराएका र मुआब्जा वापत रकम निकासाको लागि भुमाफिया नाईके तुफेल पठानको नाममा अधिकृत वारेशनामा बनाई प्रथम किस्ता निकासा भई निजले आफ्नो खातामा राखेका र तिर्थी भरिनलाई घर खर्चका लागि केही रकम दिई भुमाफियाहरुले आपसमा रकम बाँडफाँड गरेका उल्लेख छ ।

मुआब्जा रकम निकासा हुनु अगावै नाता प्रमाणित सिफारिस र जग्गा नामसारीको सिफारिस गरे वापत पठानले पचास लाख रुपैयां जनप्रतिनिधिलाई दिई नक्कली सिफारिस गराएको निवेदनमा उल्लेख छ । रामग्राम नगरपालिका वडा नं. १७ को कार्यालयबाट दुई मितिमा जेठु भरको मृत्यु दर्ता गराइएको र पुन ः प्रतिलिपि लिइएको छ । प्रतिलिपि जस्ताको त्यस्तै कार्यालयले उपलब्ध गराउनुपर्नेमा मृत्यु दर्ता प्रमाण पत्र हुँदा हुँदै पनि नाता जोड्नका लागि मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि लिएको र जसमा बाजेको नाम थप गरी किर्ते काम भएको उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय काठमाडौबाट आवश्यक अनुसन्धान गरी प्रतिवेदन पठाउन भनी पत्राचार हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पाण्डेय समेत अनुसन्धान अधिकृत समेतले विपक्षीसंग आर्थिक मोलमोलाई गरी सत्य तथ्यलाई लुकाई गलत विवरण उल्लेख गरी केन्द्रिय कार्यालय टंगालमा प्रतिवेदन बुझाउने कार्य भएको उजुरीमा उल्लेख छ । नक्कली नाता प्रमाणित र जग्गा नामसरीको सिफारिस सरासर गलत र अन्यायपूर्ण भएकाले सत्यतथ्य छानविन गर्न केन्द्रीय कार्यालयसंग माग गरिएको छ ।

यस्तै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै उनीमाथि छानवीन गर्न माग गर्दै अख्तियार केन्द्रीय कार्यालयमा रिट निवेदन परेको छ । उक्त निवेदन बैसाख २९ गते दर्ता समेत भएको छ ।

रिट निवेदनमा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा निर्वाचित भएका गुप्ताले हालसम्म विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरी कालो धन र अकुत सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार अन्तर्गत कार्यवाहीका लागि प्रमाण सहित अख्तियारमा उजुरी पेश भएकोमा केन्द्रिय अनुसन्धान कार्यालयमा तामेल गरी फाईल राखिएको हुंदा आवश्यक छानविन गर्न माग गरिएको छ । गुप्ताले गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौताविपरित कार्यपालिका वैठकको निर्णय नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब ३ करोड बढी वजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको रिट निवेदनमा उल्लेख छ । गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट उक्त भवन निर्माण वापत एक करोड ४० लाख बक्यौता भुक्तानी भुक्तानी गर्ने निर्णय गराई उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बांडफांड गरेकाले छानवीनको माग गरिएको छ ।

यस्तै डिजिटल भिलेज प्रोफाइल ५–५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरित ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएवापत ४० लाख भुक्तानी भएकोमा २०७८–७९मा पुनः २० लाख भुक्तानी गरिएको छ । यस्तै मेड नेपाल नामक गैर सरकारी संस्थाबाट पालिकाका ६ सय ७५ विपन्न परिवारलाई ३४५० रुपैयांका दरले बांड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानवीनको माग गरिएको छ ।

यस्तै गाउँपालिकाका विपन्न परिवारलाई बांड्न छुट्टाइएको ३० लाख रुपैयांमा पनि अध्यक्ष गुप्ताले अनियमितता गरेको निवेदनमा उल्लेख छ । उक्त रकम आफू निकट करारका कर्मचारीहरु प्रदीप तिवारी,पशुपति गुप्ता,नर्वदेश्वर गुप्ता र आफ्नो गाडी चालक प्रदीप चौधरीको नाममा साढे २ लाखदेखि ४ लाखसम्म पेश्की वापत बुझाएर आफूले लिएको उजुरीमा उल्लेख छ ।

उनीमाथि गाउँपालिकाका दर्जनौं योजनाहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसंग मिलेमतो गरेर ठूलो रकम आर्थिक हिनामिना र गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा पनि उजुरी परेको छ । उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,लेखा अधिकृत शरद न्यौपाने र इन्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

अध्यक्ष गुप्ताले गाउंपालिकाका नगर प्रहरी रघुनाथ धोवीलाई प्रयोग गरी गाउँपालिकाको सरकारी गाडीमा लागु औषध कारोवार गरेका तर गुप्ता तीन महिनासम्म फरार रही केन्द्रिय नेताहरुको शक्ति प्रयोग र पैसाको आडमा ५ लाख धरौटीमा रिहा भएकाले न्यायालयप्रतिको विश्वासमा संकट उत्पन्न भएको निवेदनमा उल्लेख छ ।

गुप्ताले प्रयोग गर्ने सरकारी गाडीमा लागु औषध ओसारपसार गरेको कारण गाडीको भित्रको पार्टपुर्जामा असर परेको र धेरै जसो पार्टपुर्जा बदली सोको मोटो रकमको बिल पेश गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग निकै विवाद भएकाले उक्त विषयमा छानवीनको माग गरिएको छ ।

गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पाण्डेय समेतका कर्मचारीहरुबाट संरक्षण भइरहेको र गुप्ताले खुलेआम रुपमा अख्तियार प्रमुख लगायतलाई पैसाको बलमा मिलाई सकेको छु भन्ने गरेकाले पाण्डेय र निज मातहतका अनुसन्धान अधिकृत समेतको मिलोमतोको कारण निष्पक्ष छानविन हुन नसकेको निवेदनमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?